लिलाको साडी हराएको चर्चा

काठमाण्डौं – हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको पुर्वसन्ध्यामा लिला थापाको रातो साडी हराएको चर्चा चलिरहेको छ ।
कुशल उद्घोषिका, मोडेल तथा गायीका लिला थापाको आवाजमा रहेको ‘कालो साडी’ बोलको तिज गीत बजारमा आए संगै गीतको चर्चा चलेको हो । गीतमा रातो साडी हराएकोले कालो साडी लगाउन श्रीमानले आग्रह गरेको कुरा देखाइएको छ ।
गणेशबाबु बिकको शब्द, तिलक ओलीको लय रहेको उक्त गीतमा गणेशबाबु र लिला थापाको आवाज रहेको छ । निकै मिठो आवाज र शब्दमा सृजित सो गीतमा करिस्मा परियार र धुर्व कमेडीको अभिनय रहेको छ ।


उक्त तिज गीतलाई जल राप्ती डिजिटल युटुव च्यानलले भरखर्रै मात्र बजारमा ल्याएको छ । गीत बाहिरिए संगै गितको चर्चा चलेको छ । गित उतकृष्ट हुनेमा कलाकारहरु ढुक्कछन् ।
सुर्खेतकी गायीका लिला थापा पेशाले शिक्षिका हुन् । उनले तिजका केही गितहरुमा आवाज दिनुका साथै मोडलिङ्ग पनि गर्ने गरेकी छिन् । उद्घोषण उनको बिषेश कला हो । मिठो आवाजकी धनी लिला पछिल्लो समय गायनमा पनि आफ्नो कला प्रदर्शन गर्दैछिन् ।


उद्घोषका लागि देश तथा विदेशका थुप्रै ठाउँहरुमा उनको माग बढ्दो छ । संघर्षशिल गायीका बहुप्रतिभाकी धनि हुन् । शिक्षण पेशा संगै उनले आफ्नो कलालाई समेत व्यवसायीक बनाएकी छिन् । लिला नेपालका व्यस्त चर्चित उद्घोषकहरु मध्यकी निकै व्यस्त र चर्चित उद्घोषिका हुन् । नेपाल तथा भारतबाट कार्यक्रमका लागि धेरै जसो निम्ता आउँने गरेको उनि बताउँछिन् ।


पछिल्लो समय बजारमा आएको हरितालिका तिज विषेश ‘कालो साडी’ तिज गीतले अझै उनको चर्चा चुलिने देखिन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुस् ।