ढोरपाटन महिला भलिबल ः एपिएफको दोहोरो जित

76

काडमाडौँ, ८ माघ (रासस) ः विभागीय टोली सशस्त्र प्रहरीको एपिएफल क्लबले १४ औँ ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा आज दोहोरो जित हासिल गरेको छ । नयाँ बासपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा आज एपीएफले सेब स्कुल र थाहा नगरपालिका मकवानपुरलाई ३–० को सोझो सेटमा पराजित ग¥यो ।  

एपिएफले पहिलो खेलमा सेबलाई २५–८, २५–१४ र २५–१८ को सेटमा हरायो । यसैगरी आजै भएको दोस्रो खेलमा एपिएफले मकवानपुरको थाहा नगरपालिकालाई २५–७, २५–११ र २५–१२ को सेटमा हरायो । जितसँगै एपिएफ नौ अङ्क जोडेर लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

यस्तै आजै भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सेब स्कुललाई ३१–२९, २५–१९ र २५–२० को सेटमा हरायो । जितसँगै आर्मी १२ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ ।

अर्को खेलमा नेपाल पुलिस क्लबले श्री गाउँ खेलकूद विकास समिति दाङलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । पुलिसले श्री गाउँलाई २५–८, २५–९ र २५–८ को सेटमा हरायो । पुलिस छ अङ्क जोडेर तेस्रो स्थानमा छ ।

प्रतियोगितामा नौ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको पहिलो विजेताले रु तीन लाख ५० हजार पाउनेछ दोस्रो हुने टोलीले दुई लाख प्राप्त गर्ने छ । त्यस्तै तेस्रो हुनेले रु एक लाख, चौथो हुने टोलीले रु ६० हजार, पाँचौ हुनेले रु ४० हजार, छैठौँ हुनेले रु ३० हजार र सातौँ हुने टोलीले रु २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उदयमान खेलाडी, वर्ष खेलाडी, प्लेयर अफ दि सिरिज र एक जना भाग्यमानी दर्शकले एक÷एक स्कुटर पाउने छन् । त्यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकले समान रु छ÷छ हजार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...