नेपाल भर्सेज सिंगापुर : नेपालको विना विकेट क्षेतिमा १४ ओभरमा 91 रन

एसीसी यू १९ इस्टर्न रिजन क्रिकेटमा नेपाल र सिंगापुर समूह विजेताका लागि प्रतिस्पर्धा गदैछन् ।मलेसियाको किनरारा ओभल मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेकाे छ ।

रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टिमबाट यू–१६का कप्तान विशाल विक्रम केसीले डेब्यू गरेका छन् । चीनविरुद्धको खेलमा उनी बाहिर रहेका थिए । चीनविरुद्धको भन्दा आज २ जना खेलाडी परिवर्तन गरिएको छ । आज विशालसँगै लोकेश बम पनि टिममा परेका छन् । कमलसिंह ऐरी र प्रतिश जिसीलाई भने विश्राम दिइएको छ ।

उमेर समूहका साथै सिनियर स्तरमा पनि नेपाल र सिंगापुर परिचित टिम हुन् । एसियाली स्तरमा हुने पायः सबै प्रतियोगितामा नेपाल र सिंगापुर खेलेकै हुन्छन । यू –१९ स्तरमा पनि यी दुई टिम जहिलेपनि खेल्दा नेपालले जित निकालेको छ ।

२०१७ मा भएको इस्टर्न रिजन च्याम्पियनसिपमा पनि नेपालले सिंगापुरलाई समूह चरणमा सात विकेटले हराएको थियो । यतिमात्र होइन, केही महिना पहिले मलेसियामा नै भएको यू–१९ विश्वकप छनोट खेलमा पनि नेपालले सिंगापुरलाई दुई सय १७ रनले पाखा लगाएको थियो । तर यो बेला वर्षाका कारण नेपालले विश्वकपमा छनोट हुन सकेको थिएन ।

अब सेमिफाइनलमा पुगेको नेपालले सिंगापुर विरुद्ध पनि जित निकालेर समूह विजेता हुने लक्ष्य राखेको छ । नेपाली टिमका प्रशिक्षक विनोद दाशले टिमको लक्ष्य जित्ने नै भए पनि कमजोर नआक्ने बताए । यसका साथै उनले यसपटक सिंगापुरको टिममा अघिल्लो पटकको भन्दा केही खेलाडी परिवर्तन भएकाले यसै भन्न सक्ने अवस्था नरहेको बताए ।

कप्तान रोहित पौडेलले पनि सिंगापुर विरुद्ध जित्ने लक्ष्य राखेपनि त्यो दिनमा कसले कस्तो खेल्छ, त्यसमा भरपर्ने बताए । समूहको पहिलो खेलमा सिंगापुरले चीनलाई आठ विकेटले हराएको थियो भने नेपालले पनि चीनलाई १० विकेटल पराजित भएको थियो ।