भारत हार्यो, पाकिस्तानी फ्यानलाई पर्यो चिन्ता

आईसीसी विश्वकप क्रिकेट अन्तर्गत आइतबार भएको खेलमा भारत इंग्ल्याण्डसँग हारेसँगै पाकिस्तानको सेमी फाइनल पुग्ने संभावना न्यून बनेको छ ।

प्रतियोगिता

England defeated India by 31 runs in Birmingham on Sunday. (Twitter/@cricketworldcup)

अन्तर्गत आइतबार भएको खेलमा पाकिस्तानका समर्थकहरुले भारतको जित होस् भन्ने कामना गर्नुका साथै इग्ल्याण्ड हारेको हेर्न चाहेका थिए । तर भारत पराजित भएसँगै पाकिस्तानी समर्थकलाई झड्का लाग्न पुगेको छ ।

भारत हारेसँगै सामाजिक सञ्जालमा विभिन्न खाले प्रतिकृयाहरु आएको छ । शतककाे पारी खेलेका रोहित शर्माको प्रशंसा भइरहेको छ भने धोनी जानिबुझि कमजोर खेलेको भन्दै आक्रोस पोखिएको छ ।

फाइल फोटो

खेल सकिएसँगै पाकिस्तानी समर्थकले पाकिस्तानलाई सेमी फाइनलमा पुग्न रोक्नका लागि भारतले जानिबुझी म्याच हारेको आरोप लगाईरहेका छन् ।

ट्विटर प्रयोगकर्ता अली कामराजीले यो हारको पछाडीको कारण के हो भन्ने बारे सबैले राम्रोसँग जानेको बताएका छन् । साथै टिम र आफ्नो देशको लागि के सही हो भन्ने बारे धोनी राम्रोसँग जानकार रहेको पनि उनी बताउँछन् ।

यस्तै भारतमा पनि म्याचपछि धोनी, रोहित, हार्दिकलाई ह्यासट्याग गर्दै ट्वीटर भरिएको थियो । खेलप्रेमीहरुले भारत, इग्ल्याण्ड र पाकिस्तानलाई जाेडेर मजाक गरिरहेका छन् ।

स्वरुपानन्द बेनर्जी लेख्छन्, ‘इतिहासमा पहिलोपटक भारत हार्दा पाकिस्तानी समर्थक टीवी फुटाइरहेका छन् ।’