डोटीमा राष्ट्रिय भलिबल प्रतियोगिता हुने :- यस्तो छ तयारी

366

पवन महरा
डोटी ११ चैत्र
डोटीमा राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको आयोजना भलिबल संघले गर्ने डोटी जिल्ला भलिबल संघका अध्यक्ष दिपक बहादुर बोगटीले बताए ।


नेपाल भलिबल संघले डोटी जिल्लामा नै राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरिसकेको छ । प्रतियोगिताको मिति भने तोकेको छैन अध्यक्ष बोगटीले भने,‘केही आन्तरीक तयारीहरु गरिरहेका छौं । प्रतियोगिता चाँडै डोटी जिल्लामा नै आयोजना हुन्छ ।’
प्रतियोगिताको पुर्वसन्ध्यामा जिल्ला भलिबल संघले बिद्यालयहरुलाई भलिबल र नेट उपलब्ध गराउँदै आएको छ । स्थानीय तहहरुमा कार्यक्रमको आयोजना गर्दै स्थानीय तह मार्फत बिद्यालयहरुलाई भलिबल र नेट जाली बितरण गरिरहेको संघले राष्ट्रिय भलिबल प्रतियोगिताका लागि स्थानीय निकायमा प्रपोजल समेत पेश गर्दै आएको छ ।


डोटी जिल्ला भलिबल संघले जिल्लामा रहेका सबै माध्यमिक बिद्यालयहरुलाई प्रति बिद्यालय दुई वटा बल र एउटा भलिबल बितरण गर्दै आएको छ । बिद्यार्थीहरुले प्रतियोगिताको पुर्वसन्ध्यामा प्रतियोगिताको तयारीका लागि अभ्यास गरुन् र अब्बल खेलाडीहरु उत्पादन होउन भन्ने उद्येश्यका साथ भलिबल बितरण गर्दै आएको अध्यक्ष बोगटीले बताए । उनले भलिबल बितरण पछि बिद्यालयले बिद्यार्थीहरुको शैक्षिक क्षेत्रमा मात्र नभै खेल क्षेत्रमा समेत लगानी लगाउने बिश्वास ब्यक्त गरे ।
अहिले सम्म संघले जिल्लाका ९ वटा स्थानीय तहहरु मध्य ५ वटा स्थानीय तहहरु अन्तरगतका बिद्यालयहरुमा भलिबल र नेट बितरण गरेको छ भने ४ वटा स्थानीय तह अन्तरगतका बिद्यालयहरुमा लगत्तै बितरण गर्ने जनाएको छ । अहिले सम्म शिखर नगरपालिका अन्तरगतका १२ वटा, पुर्विचौकी गाउँपालिका अन्तरगतका ८ वटा, केआइसिंह गाउँपालिका अन्तरगतका ९ वटा, आदर्श गाउँपालिका अन्तरगतका ९ वटा र सायल गाउँपालिका अनतरगतका ५ वटा माध्यामिक बिद्यालयहरुलाई भलिबल तथा नेट बितरण गरिएको छ । बाँकी स्थानीय तह बोगटान गाउँपालिका अन्तरगतका ९ वटा, बडिकेदार गाउँपालिका अन्तरगतका ७ वटा, जोरायल गाउँपालिका अन्तरगतका १४ वटा र दिपायल सिलगढी अन्तरगतका माध्यामिक बिद्यालयहरुलाइ क्रमश बितरण गर्ने योजना रहेको भलिबल संघले जनाएको छ ।
डोटी जिल्ला भलिबल संघले नगरपालिका अन्तरगतका बिद्यालयहरुलाई भलिबल बितरण गरेर खेलकुद क्षेत्रमा ठुलो योगदान पु¥याएको बताउँदै शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीले बिद्यालयहरुले पनि खेलकुद क्षेत्रमा लगानी लगानी लगाउँन आवश्यक रहेको बताए । उनले नगरपालिकाले पनि खेल क्षेत्रमा लगानी लगाउँने र जिल्ला भलिबल संघ संग सहकार्य गर्ने प्रतिबद्धता समेत जाहेर गरे ।


सोमबार भलिवल वितरण कार्यक्रममा वोल्दै सायल गाउँपालिका अध्यक्ष तेज डुम्रेलले जिल्ला भलिबल संघको यो पहलले खेलकुद क्षेत्रमा केहि राहात पुग्ने बताए । उनले गाउँपालिका अन्तरगतका सवै माध्यामिक बिद्यालयलाई भलिवल नेट विरतरण गर्ने कार्यले भलिवलका क्षेत्रमा केहि उर्जावान खेलाडी जन्मीने बिश्वास समेत व्यक्त गरे ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...