कंञ्चनवस्तीमा जारी भलिवलमा शिव शक्ति युवा क्लब फाइनलमा प्रवेश

37

चितवन ३० पुष । भरतपुर –२१ कंञ्चनवस्ती पार्वतीपुरमा जारी भलिवलमा शिव शक्ति युवा क्लब फाइनलमा प्रवेश गरेको छ । आज भएका खेलमा शिवशक्तिले बलियो मानिएको सशस्त्र बलको एपीएफलाई क्वाटरफाइनलमा २२–२५,१७–२५ र २३–२५को सेटमा हराएर सेमिफाइनल यात्रा तय गरेको थियो । सेमिफाइनलमा बागवानी क्लबलाई २५–२२, २५–२२ र २५–९ को सेटमा हराएको हो । बागवानीले आज नै समुहचरणमा पद्मोदय युवा क्लबलाइ हराएको थियो । पद्मोदयलाई १५–२५ र १७–२५को सेट पराजित गर्यो । हिमाल युवा क्लबलाइ १९–२५,१८–२५,२५–२० र १५–२५को सेटमा पराजित गर्दै चितवन टाइगर्स सेमिफाइनल प्रवेश गरेको छ । सेमी फाइनलमा भोलि चितवन टाइगर्सले नेपाल आर्मीको कालीबहादुर गण संग प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिताको फाइनल खेल भोलि माघ १ मा हुनेछ ।

प्रतियोगितामा प्रथम हुनेले ५० हजार सहित सिल्ड मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन । दोस्रो हुनेले ३० हजार सहित सिल्ड मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन । सेमिफाइनल पुग्ने २ टिमलाइ समान १० हजार सिल्ड मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ । माघे सक्रांन्तिको बिषेश अवसर पारेर कंञ्चन बाल उद्यानको खेलमैदानमा प्रतियोगिता आयोजना गरिएको हो ।

Loading...

आफ्नो बिचार ब्यक्त गर्नुहोस

Please enter your comment!
Please enter your name here