लेक ट्वेण्टी थाउजेन फार्म एण्ड रिट्रिकमा ब्याडमिन्टन प्रतियोगिता सुरु

110

भरतपुर पुस १४ ।भरतपुर–१३ चम्पानगरमा रहेको लेक ट्वेण्टी थाउजेन फार्म एण्ड रिट्रिकमा खुल्ला डवल ब्याडमिन्टन एबम भेट्रान्स ब्याडमिण्टन प्रतियोगिता सुरु भएको छ । अंग्रेजी नया बर्षको अवसरमा खेलकुद पर्यटनको प्रवद्दन गर्न खेल भएको हो । आज(शनिवार ) बाट सुरु भएको प्रतियोगिता डिसेम्बर ३१ तारिक अर्थात् पुस १७ सम्म चल्ने छ । प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रीय ब्याडमिन्टन संघका केन्द्रिय उपाध्यक्ष नारायण क्षेत्रीले खेलकुदलाइ पर्यटन संग जोड्न सके आर्थिक रुपमा समेत सवल बन्न सकिने बताए । स्थानीय स्तरका खेलाडिको पहिचान गरि उनीहरुको प्रतिभालाइ निखार्न समेत यस्ता कार्यक्रमको आवस्यकता पर्ने उनको बुझाई छ ।

होटेलका संचालक देवेन लोहोनीले खेलकुदको माध्यमबाट पर्यटनलाइ जोड्ने उद्देस्यले प्रतियोगिता भएको बताए । आइ लभ चितवनको ब्यानरमा प्रतियोगिता संचालन गरिएको छ । बिस्वमा धेरै देशले स्पोर्ट टुरिजमको माध्यम बाट फड्को मारेको उनको भनाइ छ । नेपाल सरकारले सन् २०२० लाई भिजिट नेपाल वर्ष घोषणा गरेका कारण पनि यसको प्रवद्र्धन गर्ने उद्देइले निजी क्षेत्रबाट खेलकुदको प्रतियोगिता राखिएको लोहनीले बताए ।

खेल पर्यटनको सम्भावना नेपालमा राम्रो भएकाले समेत उज्ज्वलनगरमा प्रतियोगिता राखिएको कार्यक्रम संयोजक सूर्यबहादुर न्यौपानेले बताए । खेलाडीहरुलाई चितवनमा आकर्षण गर्न सकिने भन्दै यहाँ रहेका स्थानलाई खेलकुद पर्यटनको माध्यमबाट विकास गर्न सकिने न्यौपानेले बताए ।
खेलमा सहभागी हुन रुपन्देही, नवलपरासी लगाएतका जिल्लाबाट समेत खेलाडी आएका छन् । १३ भेट्रान्स सहित ४३ टोली सहभागी भएका छन् ।
आज पहिलो चरणका खेल हरु भैरहेका छन् । प्रतियोगितामा डबल ब्याडमिन्टन च्याम्पियन तर्फ पहिलो हुनेले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र, दोस्रो हुनेले १० हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र तथा सान्त्वना हुने दुई टिमले पाँच हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै, भेट्रान ब्याडमिन्टनतर्फ पहिलो हुनेले १० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र, दोस्रो हुनेले सात हजार पाँच सय रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र तथा सान्त्वना हुने दुई टिमले पाँच हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...