भरतपुर महानगर वडा स्तरिय फुटवल प्रतियोगिताको उपाधि भरतपुर ११ को पोल्टामा

45

शिव शर्मा भरतपुर असोज २७ । भरतपुर महानगर वडा स्तरिय फुटवल प्रतियोगिताको उपाधि भरतपुर ११ ले जितेको छ । आज को फ़ाइनल खेलमा भरतपुर ११ ले भरतपुर १२ लाइ २ का बिरुद्द ३ गोलले जितेको हो । खेल सुरु भएको तेस्रो मिनेटमा नै पाएको फ्रिकिक लाइ भरतपुर ११ का खेलाडी गोपाल गुरुङले लोभलाग्दो प्रहार गर्दै जाली चुमाएका थिए । 

त्यस्तै पहिलो हाफमा नै भरतपुरले थप २ गोल गर्दै ३ गोलले अग्रता लिएको थियो । दोस्रो हाफमा उत्कृस्ट पुनरागमन गरेको भरतपुर १२ ले २ गोल गरेपनि त्यो जितका लागि प्रयाप्त भएन । जित संगै भरतपुर ११ ले १ लाख ५० हजार नगद सहित ट्रफी प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको भरतपुर १२ ले ७५ हजार ट्रफी प्राप्त गर्यो । त्यस्तै उत्कृस्ट गोलकिपर , खेलाडी , प्लेयर अफ द म्याच र प्लेयर अफ द टुर्नामेन्ट , फेयर टिम र राइजिङ्ग खेलाडीलाइ ट्रफी सहित समान ५ /५ हजार प्रदान गरिएको थियो ।प्रतियोगिता असोज १३ देखि २७ गते सम्म चलेको थियो । खेल भरतपुर ६ स्थित नवज्योति सामुदायिक बनको खेल मैदानमा भएको थियो ।

त्यस्तै समापन समारोहमा बोल्दै प्रदेश साम्सद रिना गुरुङले प्रदेश न ३ अन्तर्गतको खेलाडीलाई प्रोत्साहन गर्न खेलकुद बिधयक बनिरहेको बताइन । उनले खेलाडीको दुर्घटना खर्च प्रदेश न ३ को प्रदेश सरकारले व्यहोर्ने गरि ऎन बनाउन लागिएको बताइन । “युवा हरुलाई नेतृत्वले अहिले सम्म के गर्यो भन्नेमा अब मुल्यांकन गर्ने बेला आएको छ । राजनीतिक पार्टीले युवालाई चुनाबमा मात्र हात हातमा झन्डा दिने गर्दछन ” , उनले भनिन , “त्यसको सट्टामा खेलकुद सामग्री दिए मात्र युवाको मनोबल बडाउन सकिन्छ ।”
त्यस्तै कार्यक्रममा बिशिस्ट अतिथि भरतपुर ६ का वडा अध्यक्ष हरिबिलास कोइरालाले खेलकुद भाइचारा , आपसी सदभाबको प्रतिक रहेको बताए । उनले आगामी दिनमा पनि यस्तै कार्यक्रम गरिरहन आयोजक एजे इभेन्टस लाइ आग्रह गरे । कार्यक्रम सर्वोत्तम तिवारीको सभापत्तित्वमा सम्पन्न भयो ।

Loading...

आफ्नो बिचार ब्यक्त गर्नुहोस

Please enter your comment!
Please enter your name here