प्रथम जीवन स्मृति खुल्ला ब्याटमिन्टन प्रतियोगिताको उपाधी निश्चल र केवलले जिते !

227

भरतपुर असोज २७ । निश्चल बस्नेत र केवल न्यौपानेको टोलीले पटिहानीमा भएको प्रथम जीवन स्मृति खुल्ला ब्याटमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । पटिहानी युवा तथा खेलकुद परिसद भरतपुर २२ को आयोजनामा भएको प्रतियोगितामामा प्रेमदिप अधिकारी र केदार न्यौपानेको जोडीलाइ २१–१० र २१–१५को सोझो सेटमा निश्चल र केवलको जोडीले पराजित गर्यो ।  शेर बहादुर मगर र क्याप्टेन हेम बहादुर तमाङ्गको जोडीले तेस्रो स्थानमा चित्त बुझायो । प्रथम हुने निश्चल र केवलले ३५ किलोको खसी सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । दोस्रो हुनेले २० किलोको बोको सहित ट्रफी, मेडल र प्रमाणपत्र तेस्रो हुनेले सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै उत्कृष्ट खेलाडीले नगद सहित सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उनीहरुलाई प्रमुख अतिथि जिल्ला समन्वय समिति सदस्य सिता पुन, पटिहानी युवा तथा खेलकुद परिसदका सल्लाहकार समिति संयोजक रामहरि सेढाई, जीवन स्मृति प्रतिष्ठानका सम्रक्षक धर्मराज महतो , भरतपुर २२ का कार्यबहाक वडा अध्यक्ष सोम बहादुर गुरुङ लगाएतले पुरस्कार वितरण गर्नु भयो । २९ वटा टिमको सहभागिता भएको सो प्रतियोगितामा पंकज चौधरी सर्बोत्कृत खेलाडी घोषित भए । समापन कार्यक्रम पटिहानी युवा तथा खेलकुद परिसदका अध्यक्ष रामकृष्ण ढकालको अध्यक्षतामा भएको हो ।

Loading...

आफ्नो बिचार ब्यक्त गर्नुहोस

Please enter your comment!
Please enter your name here