साबिक बिजेता डडेल्धुरा बाहिरियो

130

७ नम्बर प्रदेश स्तरीय एकता क्रिकेट कप 

केशबचन्द्र महरा
डोटी ३० असोज

दिपायलमा जारी ‘७ नम्बर प्रदेश स्तरीय एकता क्रिकेट कप’ अन्तर्गत सोमबार गत संस्करणको बिजेता सुन्दर होटल डडेल्धुराको क्रिकेट टिम बाहिरिएको छ । समुह चरणका दुबै खेलमा पराजित हुँदै डडेल्धुरा प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको हो ।
पहिलो खेलमा आईतबार होटल रिभर साईड–बड्डा सप्लायर्स दिपायलसंग ६८ रनले पराजित भएको डडेल्धुरा समुह चरणकै दोस्रो खेलमा सोमबार गत संस्करणको उप–बिजेता खप्तड ईङलिस बोर्डिङ स्कुल दिपायलसंग ४२ रनले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ ।
सोमबारको पहिलो खेलमा टस जितेको खप्तडले पहिले ब्याटिङ गर्दै निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर एक सय ४६ रन जोडेको थियो । जसमा खप्तडका भगत द्वारियाले ५६ र राहुल साहुले ४६ रन बनाएका थिए । बलिङमा डडेल्धुराका डिल बहादुर बोहरा, सन्तोश भट्ट, धिरज साउँद र धर्म थापरले समान २÷२ विकेट निकाले ।
जवाफी ब्याटिङमा उत्रिएको डडेल्धुराले सबै विकेट गुमाएर एक सय तीन रन मात्रै जोड्न सक्यो । जसमा सुनिल तामाङले ३४ र केशब सिँहले १९ रन बनाए । खप्तडका पुस्कर द्वारिया र हासिम अन्सारीले २÷२ विकेट लिए ।
सोमबारकै दोस्रो खेलमा सल्लेश्वरी युथ क्लब तिखाले दिपायलको डाईनामिक ब्बाईजलाई २३ रनले पराजित गर्दै क्वार्टरफाईनलमा प्रबेश ग¥यो । टस जितेको सल्लेश्वरीले निर्धारित १५ ओभरमा ४ विकेटको क्षतीमा २ सय १२ रनको बिशाल योगफल तयार पा¥यो । जसमा आयूष्मान बमले ७१, सुनिल खड्काले ५९ र दिपेन चन्दले ३९ रन बनाए ।
२ सय १३ रन पछ्याएको डाईनामिकले १५ ओभरमा ६ विकेट गुमाउदै एक सय ८९ रनमात्रै जोड्न सक्यो । जसमा किरण ठगुन्नाले ५० र योगेश भाटले ४३ रन जोडे । सल्लेश्वरीका सागर देउवाले ३ विकेट लिए । समुह चरणका दुबै खेल जितेर सुमहको बिजेता हुदै सल्लेश्वरी क्वार्टरफाईन प्रबेश गरेको छ ।
सोमबारको अन्तिम खेल निकै प्रतिस्पर्धात्मक बन्यो । दुई बलिया टिम होटल रिभर साईड–बड्डा सप्लायर्स र खप्तड ईङ्लिस बोर्डिङ स्कुल आमने–सामने भएपछि दर्शकहरुले पनि भरपुर आनन्द उठाए । खेलमा टस जितेर खप्तडले ब्याटिङ रोज्दै ३ विकेटको क्षतीमा दुई सय २० रन जोड्यो । जसमा आकाश थापाले ९६ र अण्डर नाईन्टिनमा अन्तर्राष्ट्रिय खेलको अनुभव रहेका सनिल धमलाले ९१ रन बनाए । बलिङमा रिभर साईडका पवन कार्कीले दुई विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको होटल रिभर साईडको टिम पवन कार्कीको सतक(१०८ रन) को मद्दतले अन्तिम बलसम्म प्रतिस्पर्धामा रह्यो । अन्तिम बलमा नतिजा आएको खेलमा रिभर साईडले ५ विकेटको क्षतीमा दुई सय १९ रन बनाउदा एक रनले खप्तडले खेल जित्यो । रिभर साईडका लागि नारायण जोशीले पनि ६६ रन जोडेका थिए । बलिङमा खप्तडका सुनिल धमलाले २ विकेट लिए । दुई टिम समुहबाट क्वाटर फाईनलका लागि अगाडी बढिसकेका छन् ।

Loading...