राईनो कप खुला भलिबल प्रतियोगिता आज देखि सुरु

52

एनपिएल न्युज असोज २६ भरतपुर : वातावरण मैंत्री दोस्रो राईनो कप खुला भलिबल प्रतियोगिता आज देखि भरतपुर महानगरपालिकाको चम्पानगरमा सुरु भएको छ । प्रतियोगिताको भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन गर्दै दाहालले खेलकुदको विकासका लागि काम गर्ने बताउनु भयो ।
भरतपुर १३ स्थित हिमाल युवा क्लबको आयोजनामा ‘प्रगतिको लागि युवा शक्ति, खेल विकासका लागि युवा शक्ति’ भन्ने नाराका साथ आजबाट सो भलिबल प्रतियोगिता सुरु भएको हो । आज भएको पहिलो हिमाल युवा क्लब ले जीत हासिल गरेको छ।कंचन समाज परिषद लाई २५/१२,२५/१४ र २५/११ को सेटमा आयोजक टिमले जित हासिल गरेको हो। त्यस्तै दोश्रो खेलमा किसान युवा क्लवले निरन्तर युवा क्लव भरतपुर २१ लाई २८–२६,२५–१९ र २६–१४ तथा एडभेन्चर नेपालले हिमाल युवा क्लव ए लाई २५–२१,२५–१५ र २५–९ को सोझो सेटमा पराजीत गरेको छ । १३ टिमको सहभागिता रहेको प्रतियोगिता २८ गते सम्म चल्ने छ । प्रतियोगितामा विजेता हुने टिमले नगद ५० हजार, ट्रफि र प्रमाण पत्र तथा उप विजेताले ३० हजार नगद, ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Loading...