होलिस्टिकको ‘बोनस लाइफ’ जन स्वास्थ्यमा खर्च

551

पवन महरा
डोटी २५ जेठ
गोदावरी नगरपालिका ४ बसन्तपुरकी माया विष्टलाई २०६५ सालमा २१ बर्षको उमेर नपुग्दै मृगौलाको समस्या देखियो । दुवै मृगौलामा पानी भरिएकोले उनको स्वास्थ्य दिनानुदिन बिग्रिदै गएको थियो ।


स्वास्थ्यमा उतारचढाव आउँन थालेपछि उनि कैलाली जिल्लाका विभिन्न अस्पताल धाउँन थालीन् । डाक्टरले दिएको औषधिले स्वास्थ्यमा कुनै फरक नआएपछि उनि भारतको लखनौ सम्म उपचारका लागि पुगिन् । कैलाली तथा भारतका विभिन्न ठाउँमा पटक पटक धाउँदा समेत उनको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि काठमाण्डौंका विभिन्न ठुलठुला अस्पतालमा पुगिन् । काठमाण्डौंमा समेत उनको उपचार हुन सकेन ।
पिडित विष्टको मृगौलाको पिडा बल्झिदै गरेको समयमा उनको जीवनमा अर्को बज्रपात आइ लाग्यो । २०६८ सालमा उनका श्रिमानको आफ्नै गाडी दुर्घटनामा मृत्यु भयो । अछाममा भएको उक्त दुर्घटनाले झन् पिडा थपिदियो । उनि दुबै पिडाबाट ग्रसित बनिन् ।
मृगौला पिडित विष्टको स्वास्थ्य अवस्था निकै नाजुक वनिसकेको थियो । उनलाई डाक्टरले तपाइ २७÷२८ बर्षको उमेर सम्म मात्र बाँच्नु हुन्छ । त्या सम्म आफ्ना चाहनाहरु परिपुर्ति गर्नुस् भनेर अप्रतक्ष रुपमा संकेत समेत गरिसकेका थिए । उपचारका क्रममा नेपाल तथा भारतका ठुलठुला अस्पतालमा १५ लाख बढी खर्च गरिसकेकी विष्टले होलिस्टिक हेल्थका बारेमा जानकारी पाइन् । उनी भन्छिन्,‘विरामिले थला परेकी थिए, हिड्न सक्ने अवस्था पनि थिएन । लामो समय उभिन पनि सक्थेन । कतै जानुछ भने ठाउँठाउँमा रेष्ट गर्नु पथ्र्यो । त्यो समयमा होलिस्टिक हेल्थकाबारेमा जाँनकारी पाए र फोन सम्पर्क भएको भोली पल्ट नै होलिस्टिकको कार्यालयमा पुँगे ।’
‘मान्छेलाई अन्तिम अवस्थामा बाँच्न यति रहर र आश हुँदो रहेछ की म हतारिदै झिनो आशमा भोलीपल्ट नै होलिस्टिकको कार्यालय खोज्दै हिंडे विष्टले भनिन्,‘विरामी अवस्थामा बाँच्न पनि सजिलो थिएन । मर्न मन लागेको थियो तर छोराको विजोग हुन्छ भनेर छोराको मुख हेरेर बाँच्ने उपाय खोजी रहे अन्ततः होलिस्टिकले पुनर जीवन दियो । ५ बर्ष यताको यो जीवन होलिस्टिकले दिएको बोनस लाइफ हो ।’
भगवान भरोसामा जीवन विताइरहेकी उनले होलिस्टिक हेल्थले उत्पादन गरेका प्राकृतिक औषधि सेवन गर्न शुरु गरिन् । होलिस्टिक हेल्थका उत्पादन सेवन गर्दा उनले कुनै ग्यारिण्टि मागिनन् । ३ महिनाको लगातार सेवन पछि उनको शितिल वनेको शरिरमा जागर आयो । केहि परिवर्तन भयो । ६ महिना पछि राम्रै सुधार भएको महशुस भयो । एक बर्ष लगातार सेवन गर्दा डाक्टरलाई चेकजाँच गराइन् । डाक्टरले मृगौलामा सुधार आउँदै गरेको बताए । ३ बर्ष लगातार औषधि सेवन गरेपछि उनको मृगौला सामान्य मान्छेको जस्तै वन्यो । आफ्नो स्वास्थ्यमा आएको परिवर्तन देखेर डाक्टरहरु पनि चकित भएको उनि बताउँछिन् । मृगौलाको समस्या निको गर्न ३ बर्ष सम्म उनले मासिक २२ हजार बराबरको होलिस्टिक उत्पादन सेवन गर्दै आएकी थिइन् ।
पिडित विष्टका बुवामा पनि मृगौलाको समस्या थियो । बडिकेदार गाउँपालिका डोटी निवासी उनका बुवा दान बहादुर कलेलको एउटा मृगौला फेल भएपछि शल्यक्रिया गरिएको छ । उनमा प्रेसरको पनि समस्या छ । विगत ८ महिना यता उनले पनि होलिस्टिकका उत्पादन सेवन गरिरहेका छन् । विष्टको परिवारमा बंशजका आधारमा पुस्ता अनुसार मृगौलाको समस्या सर्दै गएको पाइन्छ । एक सन्तानकी आमा विष्टका ११ बर्षिय छारामा पनि मृगौलाको समस्या देखिएको छ । उनका छोराको पनि दुबै मृगौलामा समस्या देखिएपछि उनले अन्य कुनै उपचार नगरि होलिस्टिककै प्राकृतिक उत्पादनका औषधि सेवन गराउँदै आएकी छिन् । अहिले छोराको मृगौला पनि सामन्य रहेको उनले बताइन् । यो औषधि सेवन पछि निको भएका मृगौला पिडितका सन्तानमा मृगौलाको समस्या नसर्ने उनको भनाई छ ।
होलिस्टिकका कारण मृगौलाको समस्याबाट मुक्ति पाएकी विष्टकी जेठानदिदी पनि पाठेघरको क्यान्सरबाट मुक्त भएकी छिन् । दोस्रौ चरणको पाठेघरको क्यान्सर भएकी जेठानदिदी लाई १२ महिना होलिस्टिकले उत्पादन गरेको औषधि सेवन गराएपछि अहिले उनको अवस्था समेत सामान्य रहेको छ ।

मृगौला पिडित माया विष्ट अहिले ३१ बर्षकी भइन् । अहिले उनि मृगौला पिडित छैनन् । उनका दुबै मृगौला सामान्य अवस्थामा छन् । उनि स्वास्थ्य पिडितहरुका लागि डाक्टर जस्तै बनेकि छिन् । धेरै स्वास्थ्य पिडितहरुलाई परामर्श दिने काम गर्दै आएकी छिन् ।
आफ्नो र आफ्नो परिवारको मृगौलाको समस्या पुरै निको भएपछि आफु जस्तै अरु पिडितका लागि काम गर्न उनले होलिस्टिकको शाखा सञ्चालन गर्दै आएकी छिन् । टिकापुर नगरपालिका – १ ब्लक नं. २ टिकापुरमा होलिस्टिक खप्तड ईन्टरप्राईजेज नामक शाखा सञ्चालन गर्दै आएकी उनले सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाहरुमा निःशुल्क स्वास्थ्य जनचेतना अभियान समेत सञ्चालन गर्दै आएकी छिन् । आफु पिडाबाट गुज्रिदै आएकोले रोगीहरुको पिडा सहजै आत्माबोध गर्नसक्ने उनले अरुले उपचारका लागि आफुजस्तै भौतारीन नपरोस्, पिडा पाउँन नपरोस् भनेर जनमुखी स्वास्थ्य अभियान नै सञ्चालन गर्दै आएकी छिन् । अहिले उनले आफ्नो रोग निको भएपछि जन स्वास्थ्यमा धेरै समय खर्च गर्दै आएकी छिन् । उनको शाखामा अहिले त्यस्ता धेरै बिरामिहरुको लस्कर लाग्ने गर्छ । जो विरामि नियमित त्यस्ता औषधिहरु प्रयोग गर्छन तिनिहरु होलिस्टिक संग सन्तुस्ट छन् ।
निःशुल्क स्वास्थ्य जनचेतना अभियानका क्रममा शनिबार डोटी पुगेको विष्टको टिमले दिपायलमा कार्यक्रमको आयोजना गरि स्वास्थ्य सम्बिन्धि परामर्श दिनुका साथै विभिन्न रोग तथा होलिस्टिक हेल्थले उत्पादन गरेका प्राकृतिक औषधि सम्बन्धि जानकारी गराएको थियो ।


डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलको प्रमुख आतिथ्यमा भएको निःशुल्क स्वास्थ्य जनचेतना अभियान कार्यक्रममा नेपाली काँग्रेसका डोटी जिल्ला सभापती प्रदिप देउवा विशिष्ट अतिथि रहनु भएको थियो । आयोजक संस्था होलिस्टिक खप्तड ईन्टरप्राईजेजकी प्रबन्ध निर्देशक माया विष्टको सभापतीत्वमा भएको उक्त कार्यक्रममा होलिस्टिक हेल्थका लक्ष्मी दाहाल, पत्रकार महासंघका अध्यक्ष योगेन्द्र बलायर, डोटी चेम्वरअफ कमर्शका अध्यक्ष खगेन्द्र साउँद लगायत उद्योगी, व्यापारी, समाजसेवी सर्वसाधारण तथा पत्रकारहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमको सहजिकरण होलिस्टिक हेल्थका राष्ट्रिय प्रशिक्षक कर्ण थापाले गरेका थिए । कार्यक्रमको सहजिकरण गर्दै उनले होलिस्टिकले उत्पादन गर्ने प्राकृतिक उत्पादन स्वदेशमै उत्पादन हुने गरेको बताए । उनले ७० प्रतिशत कच्चापदार्थ जटिवुटी नेपालकै प्रयोग हुने र ३० प्रतिसत मात्रै अन्य मुलुकबाट ल्याउँने गरेको बताए । होलिस्टिकले उत्पादन गरेका जटिवुटि जन्य औषधिले अस्पतालमा उपचार हुन नसकेका धेरै खाले विरामिहरु निको भएको उधाहरण दिदै यसको प्रयोग रोगी निरोगी सबैले गर्न सक्ने बताए । यस्ता उत्पादनमा केमिकल प्रयोग नभएकाले यसको सेवनबाट कुनै पनि साईड इफेक्ट नुहुने उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी पौडेलले मानव विकासको प्रमुख पक्ष स्वास्थ्य भएकाले नागरिकको स्वास्थ्य स्वस्थ भए मात्रै मुलुकको सर्वांगीण विकास हुने बताए । उनले स्वास्थ्य क्षत्रलाई मध्यनजर गर्दै कार्यक्रमको आयोजना गरिएको प्रति धन्यबाद ञापन समेत गरे ।
त्यस्तै नेपाली काँग्रेसका सभापती देउवाले प्राकृतिक स्थानिय उत्पादनबाट उत्पादित शरिरलाई कुनै असर नगर्ने यस्ता आयुरवेदिक सुपर फुड, औषधिले जनस्वास्थ्यका लागि उपयुक्त भएको बताए । उनले स्वदेशमै उत्पादित यस्ता उत्पादनलाई बढवा दिदै यसको प्रचार प्रशार र प्रबर्दन गर्न जरुरि रहेको बताए ।
पत्रकार महासंघका अध्यक्ष बलायरले पहाडी क्षेत्रमा भेरै जासो विरामीहरु आर्थिक तथा चेतनाको कमिले उपचार नै नपाइ अकालमै ज्यान गुमाउँने गरेकाले यस्को शाखा कार्यालय अथवा डिलर डोटीमा पनि विस्तार गर्न सके अझै लाभदायक हुने धारण राखे ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...