क्यान्सर पिडित बालक रोशनलाई सिडिसिको सहयोग

172

डोटी – ब्लड क्यान्सर भएर उपचारमा समस्या भएका ६ वर्से बालक रोशन साउँदलाई सामुदायिक विकास केन्द्र (सिसडसि)ले आर्थिक सहयोग गरेको छ । सिडिसिले वल्र्डभिजनको साझेदारीमा सञ्चालीत बालबालिकाका लागि समुदायमा आधारीत बाल स्पोन्सरसिप परियोजना अन्तरगत साउँदको उपचारका लागि १० हजार आर्थिक सहयोग गरेको हो ।


दिपायल सिलगढी नगरपालिका वडा न ८ गोदडाका दिपेन्द्र साउँदका ६ बर्षिय छोरा रोशनको नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर भक्तपुरमा उपचार भइरहेको छ । आर्थिक अवस्था कमजोर भएका कारण रोशनको उपचार हुन नसकेपछि रोशन बचाउँ अभियान नै थालीएको छ । अहिले रोशन बचाउँनका लागि बिभिन्न ठाउँबाट सहयोग जुटिरहेको छ ।
पिडित बालक रोशन साउँदको नाममा राष्ट्रिय वाणिज्य बैंक डोटीमा रहेको खाता नम्बर ४१०००१८४०८१० मा रु. १० हजार जम्मा गरिएको परियोजनाका टिम लिडर सुनिल जोशीले बताए ।


बाल स्पोन्सरसिप परियोजना डोटीका दिपायल सिलगढी नगरपालिका, सायल गाउँपालिका, आदर्श गाउँपालिका र पुर्विचौकी गाउँपालिकामा सञ्चानमा रहेको छ । परियोजनाले जोखिममा रहेका संकटासन्न बालबालीकाहरुका लागि काम गर्दै आएको छ ।
छोराको उपचारमा रहेका क्यान्सर पिडित रोशनका बुवाआमाले आफ्नो छोरा बचाइदिन सहयोगको अपिल गरिरहेका छन् ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...