सहकारी संस्था भित्र लोकतान्त्रीक अभ्यास आवश्यक : उप–प्रमुख भट्ट

114

धनगढी,७ जेठ
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टले सरकारी संस्थाहरु भित्र लोकतान्त्रीक अभ्यास आवश्यक हुने बताएकी छन् ।


धनगढी उप–महानगरपालिकाले आयोजना गरेको आधारभूत सहकारी ब्यबस्थापन ५ दिने तालिमको समापन गर्दै उप–प्रमुख भट्टले लोकतान्त्रीक पद्धतीको अभ्यास नभएका सहकारी संस्थाहरु नै अहिले बिवादमा परिरहेको बताईन । सहकारी भनेको नै सहभागितामुलक ढंगले संचालन गरिने संस्था हो उप–प्रमुख भट्टले भनिन् , त्यसले सहभागिता मुलक पद्धतीमा रहेन सहकारी संस्था संचालन गर्न सबै सहकारी संचालकहरुमा अनुरोध गर्दछु । आधारभूत सहकारी ब्यबस्थापन ५ दिने तालिमको बाट सिकेका कुराहरुलाई ब्यावहारीक जिवनमा प्रयोग गर्न उप–प्रमुख भट्टले अनुरोध गरिन ।
धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रशाद सापकोटाले सहकारीहरुको संचालन र ब्यबस्थापनका लागि ऐन ल्याउने काम भएको बताए । विश्वमा सहकारी संस्थाबाट नै देशरु समृद्धीको बाटोमा लम्कीएका छन् प्रमुख प्रशासकिय प्रमुख सापकोटाले भने, नेपालमा कहि कतै सहकारी संस्थाहरु आफ्नो मुल्य मान्यता भन्दा बाहिर गएका छन् ।
सहभागिहरुले आधारभूत सहकारी ब्यबस्थापन ५ दिने तालिमबाट धरै कुराको सिकाई भएको बताए ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...