बालश्रमकका विरुद्ध नमस्कार अभियान

193

पवन महरा
डोटी १० बैशाख
डोटीमा बालश्रम विरुद्ध नमस्कार अभियान शुरु गरिएको छ । दिपायल सिलगढी नगरपालिकामा मंगलबार पुर्व नगरपालिका स्तरीय बाल क्लव सञ्जालले अभियानको शरु गरेको हो ।


क्लवका बालबालिकाहरुले बालश्रमिक राख्ने घरमा पुगेर नमस्कार गर्ने, बालश्रमिक नराख्न अनुरोध गर्ने र सचेत गारउने कार्य गरेका थिए ।

बालबालिकालाई बालश्रमबाट मुक्ति दिनका लागि, उनिहरुलाई घर फर्काउनका लागि अभियानको शरुवात गरिएको पुर्व नगरपालिका स्तरीय बाल क्लव सञ्जालकी अध्यक्ष निशा मलासीले बताइन् । उनले मंगलबार सिलगढीबाट शुरु गरिएको यो अभियान क्रमशः नगरपालिकाका अन्य वडाहरुमा पनि सञ्चालन गरिने बताइन् ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...