एशियन लाईफ स्थापना दिवसको अवसरमा बजार सरसफाई

46

मोहन पनेरू
डोटी २१ चैत
डोटीको प्रमुख व्यापारिक केन्द्र दिपायल स्थित पिपल्ला बजार सरसफाई गरिएको छ । एसियल लाईफ ईन्सोरेन्स कम्पनी लिमिटेडले आफ्नो १२ औं स्थापना दिवसको अवसर पारेर बिहिबार बजार सरसफाई गरेको हो ।


डोटीको मुख्य व्यापारिक केन्द्र पिपल्ला बजार फोहर तथा धुलोले कुरुप हुँदै गएकाले आफुहरुले कम्पनीको स्थापना दिवसका अवसरमा बजार सरसफाई गरेको एसियल लाईफ ईन्सोरेन्स कम्पनी दिपायल शाखाका प्रमुख तथा प्रबन्धक नवराज पण्डितले बताउनुभयो । उहाँले भन्नुभयो,‘फोहरको थुप्रोले बजार पुरै दुर्गन्धित भएको थियो, हिड्न समेत समस्या भएकाले हामीले सरसफाई गरेका हौँ ।’

बजार सरसफाई अभियानमा डोटी उद्योग बाणिज्य संघ, ईलाका प्रहरी कार्यालय दिपायल, जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायल, राष्ट्रिय बाणिज्य बैंक, महालक्ष्मी बैंक, स्थानिय व्यापारी, होटेल व्यवसायी संघ तथा पत्रकारहरुहरुको सहभागीता रहेको थियो । बजार सरसफाई गरेपछि पिपल्लाबजार सफा सुग्घर देखिएको छ ।
स्थानिय व्यापारीका पशलबाट निस्किने फोहर तथा सडकमा छोडिएका चौपायाका कारण यहाँको बजार जहिले पनि फोहर हुने गरेको स्थानिय मनमोहन पनेरुले बताउनुभयो । उहाँले भन्नुभयो, ‘व्यापारीहरु आफै फोहर गर्छन, व्यापारीले गरेको फोहर अरुले फालिदिनु पर्ने के चलन आयो ।’
बजारमा निस्किने फोहर व्यवस्थापनकालागि दिपायल सिलगढी नगरपालिकाले एक टयाक्टर तथा स्वीपर राखेपनि व्यापारीले जथाभाबी फोहर फाल्दा बजार दुर्घन्दित हुने गरेको स्थानिय बासीको आरोप छ । बजरामा भएको फोहर बिगतका समयमा नेपाली सेना, नेपाल प्रहरी, बिद्यालय लगायतका कर्मचारी बिद्यार्थीहरुले पटक पटक सफा गर्दै आएका छन् ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...