डोटीमा प्रादेशिक महोत्सव शुरु

241

‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ शुरुवात भएको छ । शुक्रबार दिपायलमा आयोजित भव्य समारोहका बिचमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्ब केन्द्रीय अध्यक्ष तथा सार्क स्तरीय उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डीराज ढकालले उद्घाटन गरेका हुन् ।


उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले देशभरका उद्योग वाणिज्य संघहरुले मेला महोत्सवमार्फत समृद्ध सपनाको आह्वान गरिरहेको बताए । ‘वाणिज्य संघमार्फत हामी सपना देखाईरहेका छौ, जुन सम्भव छन् । जसबाट आर्थिक समृद्धी हासिल गर्न सकिन्छ,’ उनले भने,‘यसबाट सरोकारवालाहरुको ध्यान आकृष्ट पारेर बिकासका कदमहरु अघी चाल्ने हो ।’ देशको अर्थतन्त्र क्षेत्रसंगको सहकार्यबिना अघि नबढ्ने उनले बताए । ‘अर्थतन्त्र निरन्तर ओरालो लागिरहेको छ । सन्तुष्ट हुने ठाउँ कतै छैन । यहि बिषयमा अर्थमन्त्रीको पटकपटक ध्यान आकर्षित गराईरहेका छौ । तर सरकारको कदम प्रभावकारी रुपमा देखिएन्,’ उनले थपे ।
सुदूरपश्चिम सरकारसंगपनि दुई पटक बसेको बैठक उपलब्धी जनक नभएको उनले दाबी गरे । उनले भने,‘प्रदेशका सम्पूर्ण मन्त्री, सांसदहरुसंग बैठक बस्यौ । एमओईमा दस्तखत ग¥यौ । तर सफल हुन सकिएन् ।’ सरकारलाई निर्यात तथा रोजगारमुखी व्यवसाय प्रबद्र्धनको वातावरण बनाउन ध्यान दिन महासंघले आग्रह गरिरहेको उनले बताए । ‘त्यसो नगरे देश दुर्घटनामा जाने कुरा अवगत गरएका छौ,’ उनले भने ।
पश्चिम सेती जानु पनि दुर्भाग्य भएको उनले बताए । ‘पश्चिम सेती बन्दा लाखौ रोजगारी सिर्जना हुन्थ्यो । सिमेन्ट, छड लगायतका निर्माण कम्पनीले काम पाउथे । यहिको सागसब्जी बिक्रि हुन्थ्यो,’ उनले भने,‘जसबाट ठुलो आर्थिक कारोबार हुन्थ्यो । त्यसैले पश्चिम सेती जानु दुर्भाग्य हो ।’महासंघले सार्वजनिक नीजि सहकारी अवधारणालाई निरन्तर अगाडी बढाउन खोजिरहेको समेत उनले बताए ।
समारोहमा संविधान सभा सदस्य कल्पना सोबले प्रदेशको बिकासका लागि नीजि क्षेत्र र सरकार संगसंगै हिड्नुपर्ने बताईन । ‘सरकार एक्लैले बिकास गर्छु भनेर हुदैन । नीजि क्षेत्रको पनि उत्तिकै साथ र सहयोग चाहिन्छ ।’ नीजि क्षेत्रलाई रोजगारी उत्पादन हुने किसिमका व्यवसायमा लगानी गर्न उनले आग्रह गरिन् ।
शिखर नगरपालिकाका प्रमूख सीताराम जोशीले नगरपालिकाको पहलमा जडीबुटी सम्बन्धी अध्ययनका लागि आफुले योजना बनाउन लागिरहेको बताए । त्यसका लागि सहयोग गर्न नीजि क्षेत्रसंग आग्रह गरे । यसबाहेक नगरपालिकाले गर्नुपर्ने हरेक सहयोग र भूमिकामा कुनै कसर बाँकी नराख्ने उनले बताए ।
उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दिलसुन्दर श्रेष्ठले सरकारले अझै लगानीमैत्री बातावरण सिर्जना नगरिदिएको बताए । उनले भने,‘सरकारले लगानीमैत्री वातावरण सिर्जना नै गर्न सकेको छैन् । बैंकहरुले अझै चरम ब्याज असुल गर्न छाडेका छैनन् ।’ यति हुँदाहुँदै पनि नेपालको अर्थतन्त्रमा नीजि क्षेत्रले गर्नुपर्ने भूमिका निर्वाह गरिरहेको उनले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष शंकर बोगटीले सुदूरपश्चिमको बिकासका लागि अब नीजि क्षेत्रले लगानी गर्न नहिच्किचाउनु पर्ने बताए । डोटीमा यथेष्ठ योजना सहितको लगानी गर्न तत्पर रहेको उनले बताए । प्रमूख जिल्ला अधिकारी यादब सुवेदीले महोत्सवले स्थानीय लोककला, संस्कृती, पर्यटन, उद्योग र व्यापारको क्षेत्रको लक्षित उपलब्धी हासिल गर्नेमा विश्वास जनाए ।
समारोहमा डोटी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नरेन्द्र खड्का, पूर्व अध्यक्ष तथा वडाध्यक्ष विरेन्द्र शाह, नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला अध्यक्ष चक्र मल्ल, नेपाली कांग्रेसका जीत बहादुर खड्का, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मीन बम, गैसस डोटीका उपाध्यक्ष लाल बहादुर बिक लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
महोत्सव शुक्रबारबाट शुरु भएर फागुन ५ गतेसम्म गरी १० दिन चल्ने कार्यक्रम छ । ‘कृषि, पर्यटन, उद्योग ब्यापारको पूर्वाधार, ७ नम्बर प्रदेशको विकासको मूल आधार’ भन्ने नाराका साथ यो पटक महोत्सबको आयोजना हुन भएको हो ।
महोत्सवले सुदूरपश्चिम प्रदेशमा रहेका नौ वटै जिल्लाको विकास र समृद्धी हासिल गर्न मद्दत गर्ने पूर्बाधारहरुको प्रवद्र्धनमा काम गर्ने आयोजकको दाबी छ । सोही लक्ष्य अनुसारका प्रस्तुतीहरु राख्ने तयारीहरु थालिएको अध्यक्ष कलेलले बताए ।
संघले विगत २०६८ सालदेखी नै दिपायलमा महोत्सवको आयोजना गर्दै आएको छ । २०६८ सालमा ‘डोटी महोत्सव’ नामले महोत्सव आयोजना गरेको संघले त्यसयता २०६९, र २०७२ मा सुदूरपश्चिम क्षेत्रीय महोत्सवका नामले महोत्सवको आयोजना गरेको थियो ।
२०७३ मा ‘सुदूरपश्चिम प्रादेशिक’ र २०७४ मा ‘७ नम्बर प्रादेशिक महोत्सव’ को नामले महोत्सव आयोजना भएको थियो भने यसपल्ट प्रदेशको नामाकरण भैसकेको अवस्थामा ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ का नामले आयोजना गरिएको संघले जनाएको छ ।
महोत्सवमा सुदूरपश्चिमको महत्व झल्कने किसिमका लोककलाको प्रदर्शनी तथा यहाँका उत्पादनहरुको बिशेष प्रदर्शनी हुने संघले जनाएको छ । यसबाहेक निरन्तर जस्तै सेती नदीमा ¥याफ्टीङ लगायतका कार्यक्रम संचालन हुने संघका महासचिव दीपकबहादुर खड्काले बताए ।
महोत्सबमा कुल ७० लाख परियोजनाको लागत रहेकोमा तीन करोडभन्दा बढीको कारोबार हुने र तीनलाख बढी दर्शकले अवलोकन गर्ने संघको अपेक्षा छ ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...