शिखरमा महिला प्रशिक्षण कार्यक्रम हुँदै

395

पवन महरा
डोटी
शिखर नगरपालिकामा नगर स्तरीय महिला प्रशिक्षण कार्यक्रम शुरू भएको छ । नगरपालिकाका सय बढी महिलाहरूको सहभागिता भएको उक्त प्रशिक्षण कार्यक्रमको नेपाल महिला संघ डोटी शाखाले आयोजना गरेको हो ।


यसै कार्यक्रम संगै नेपाली काँग्रेस डोटीले शिखर नगरपालिकाको पहिलो नगर सम्मेलनको पनि आयोजना गरेको छ । दुबै कार्यक्रमको संयूक्त रूपमा उद्घाटन गरिएको हो ।
नेपाली काँग्रेस क्षेत्र नं. 1 का क्षेत्रीय सभापती तथा शिखर नगरपालिकाका प्रमुख सीताराम जोशीको सभापतीत्वमा उद्घाटन गरिएको कार्यक्रममा प्रमुख अतिथि नेपालि काँग्रेस डोटीका सभापती प्रदिप देउवा रहनु भएको थियो । कार्यक्रममा नेपाल महिला संघका केन्द्रिय सदस्य तथा धनगढी उपमहानगरपालिकाका उप प्रमुख शुशिला मिश्र बिशिष्ठ अतिथि रहनु भएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य शुशिला मिश्रले पार्टी तथा संगठनको काममा क्रिशिल हुने तर गागजी रूपमा सक्रिय सदस्यता नलिने गरेकाले महिलाहरू पछि परेको बताउँदै काममा सक्रिय महिलाहरूले अनिवार्य सक्रिय सदस्यता लिन आग्रह गर्नुभयो ।
बिहिबार उद्घाटन गरिएको प्रशिक्षण कार्यक्रम दुइ दिन सम्म संचालन हुने नेपाल महिला संघ डोटी शाखाकी सभापती माया कुँवरले बताउनु भयो । दुइ दिन सम्म संचालन हुने उक्त प्रशिक्षण कार्यक्रममा केन्द्रिय सदस्य मिश्रले प्रशिक्षण दिनु हुनेछ ।
कार्यक्रममा शिखर नगरपालिकाका 60 जना महिलाहरू नेकपा छोडेर काँग्रेसमा प्रवेश गरेका छन् ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...