गीतानगर जेसिजको एलओएम तथा संसदीय सभा संचालन सम्बन्धि तालिम सम्पन्न

90

चितवन १९ माघ । गीतानगर जेसिजको आयोजनामा शाखा पदाधिकारी काम कर्तव्य अधिकार सम्वन्धी तथा संसदीय सभा संचालन सम्बन्धि तालिम सम्पन्न भएको छ । आज गीतानगरमा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष सिनेटर दिनेश कोईरालाले उद्घाटन गर्नु भयो ।  तालिमको उद्घाटन गर्दै कोइरालाले विभिन्न तालिमले जेसीहरु सक्षम र सवाल बन्नु पर्ने बताए । समाजको ऐना युवा रहेको र युवा सक्षम भए देश सहि मार्गमा हिन्न सहयोग मिल्ने उनले बताए । गीतानगर जेसिजले बर्ष २०१९ लाई तालिम मय बर्ष बनाउने अध्यक्ष जेसी कृष्ण सापकोटाले उद्घोस गरे । जेसिज आफैमा अन्तराष्ट्रिय तालिमको स्कुल रहेको सापकोटाको भनाइ छ ।
शाखा पदाधिकारी काम कर्तव्य अधिकार सम्वन्धी तालिम प्रशिक्षक विदुर केसिले प्रशिक्षण गराए भने संसदीय सभा संचालन सम्बन्धि तालिम दिनेश कोइरालाले प्रशिक्षन गराएका थिए । तालिममा २७ जना सहभागी भएको कार्यक्रम संयोजक युवराज अधिकारीले जानकारी दिए । कार्यक्रममा निवर्तमान अध्यक्ष नारायण पौडेल, प्रनिशा गुरूङ लगाएतले मन्तब्य राखेका थिए । १८ बर्ष देखि ४० बर्ष सम्मका युवा जेसिजमा आवद्द हुने गर्दछन ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...