चोकवजारमा हनुमानको मुर्ति अनावरण

74

चितवन माघ ०७ । भरतपुर–६ चोकवजारमा हनुमानको मुर्ति अनावरण गरिएको छ । आज (सोमबार)पुजा आराधाना गरी हनुमान चालिसा वाचन गरेर अनावरण भएको हो । चोकबजार निवासी खेम बहादुर गुरुङ्ग र मुना गुरुङ्गले मुर्तिको स्थापना गर्नु भएको हो । पुजा पाठबाट संकलन हुने भेटि, दान गरिव तथा दुखि बालवालिकाको लागि प्रयोग गरिने मुना गुरुङ्गले बताउनु भयो । मुना गुरुङ्ग र खेमबहादुर गुरुङ्ग रेडियो सम्पदाका अध्यक्ष र प्रबन्ध निर्देशक हुनुहुन्छ । शतरुद्र संहितामा हनुमानलाई एकादश रुद्रमध्ये एघारौँ रूप हनुमानको मानिएको छ । रुद्रहरू हनुमान सम्प्रदायको विकास हुनुपूर्व नै अस्तित्वमा आइसकेका थिए । स्कन्द पुराणको अवन्तिखण्डमा हनुमानभन्दा जगत्मा ठूलो प्राणी कोही छैन भनिएको छ ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...