भादा गाउँमा ‘थारु घरवास’ महोत्सव

36

धनगढी, १७ पुस । थारु समुदायको नमुना गाउँको रुपमा रहेको धनगढी उपमहानगरपालिकाको भादामा आज ‘थारु घरवास गाउँ भादा महोत्सव २०७५’ शुरु भएको छ ।

‘‘संरक्षण सम्वद्र्धनके लाग सक्कु जाने करी काम, संस्कृति वेषभूषा हमार पहिचान’ अर्थात संरक्षण सम्वद्र्धनका लागि सबै जनाले गर्नुपर्छ काम, संस्कृति वेषभूषा हाम्रो पहिचान भन्ने मूल नाराका साथ सो महोत्सव शुरु भएको हो । 

सांसद नारमुनी रानाले आज महोत्सवको उद्घाटन गर्नुभयो । थारु समुदायको सीप, कला, संस्कृति, भाषा, खानपिन, रहनसहनको संरक्षण सम्वद्र्धनमा टेवा पु¥याउन घरवास सञ्चालन गरिएको थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले बताउनुभयो ।

घरवास कार्यक्रम सञ्चालनबाट स्थानीयस्तरमा स्वरोजगारको अवसर सृजना हुने, थारु सामुदायिक भादा गाउँको प्रचारप्रसार हुने, हरेक जातजाति तथा देश विदेशका नागरिकबीच सद्भाव कायम राख्न मद्दत पु¥याउने अपेक्षा गरिएको छ ।

समितिका कोषाध्यक्ष पद्मबहादुर चौधरी भादा गाउँका २२४ घर सङ्ख्यामध्ये १९ घरमा घरवास सञ्चालन गरिएको जानकारी दिनुभयो । यही पुस २१ गतेसम्म सञ्चालन हुने महोत्सवमा थारु समुदायले तयार पारेका हस्तकलाका सामग्री ढकिया, डेलुवा, लेहंगा, मचिया, डेलिया, सिकहर, हसिया, बेल्ना चौकीलगायत वस्तुको अवलोकन गर्न सकिने व्यवस्था गरिएको छ ।

यस्तै ढिक्री, घोंघी, बरिया, फुलौरी, खेर्या, बङ्गुर तथा मुसाको मासु, गङ्गटाको पकौरी, सिध्रा, अण्डी भातलगायत थारु खानाका परिकार महोत्सवमा राखिएको छ । थारु समुदायको लोकप्रिय सखिया, झुम्रा, मघौटा, लठ्ठी, मुङग्रहुवा, हुर्डङवा, छोक्रा लगायतका नाचको प्रस्तुती रहनेछ । देशभरीका थप १०० नयाँ पर्यटकीय गन्तव्यको सूचिमा भादा गाउँ पनि समेटिएको छ । रासस

Loading...

आफ्नो बिचार ब्यक्त गर्नुहोस

Please enter your comment!
Please enter your name here