शिविरबाट १३ सय ३४ जना लाभावित

166

चितवन पुष १७ । भरतपुर १३ चम्पानगर स्थित हिमालय दण्डपाणी न्यौपाने माध्यामिक विद्यालयलले निःशुल्क दन्त उपचार तथा साधारण शिविर सम्पन्न गरेको छ ।

पिएसडि नेपालको सहयोगमा सम्पन्न उक्त शिविरमा १३ सय ३४ जना लाभावित भएका छन् । उनिहरुले शिविरमा दन्त तथा स्वास्थ परीक्षण गराएका थिए । तिन दिन सम्म संचालन भएको शिविरमा साउदि अरव, कतार, दुबै लगयतका अरवियन मुलुका विदेशि ३६ जना दन्त चिकित्सकको उपस्थिती थियो ।

नेपाली र विदेशी चिकित्सको सहभागीता रहेको स्वास्थ्य शिविरको पहिलो दिन (पौष – १५ गते ) स्त्री तथा प्रसुति सेवा, हाडजोर्नी तथा नशा रोग सेवा लगायतको स्वास्थ परिक्षण गरि निःशुल्क औषधि वितरण गरिएको विद्यालयका प्रध्यानध्यापक त्रिलोचन सापकोटाले जानकारी दिनुभयो ।

पिएसडि नेपालका निर्देशक विष्णु भट्टले स्वास्थ्य शिविरले रोग पहिचान गराउन र नियमित स्वास्थ्य परिक्षण गराउनु पर्छ भन्ने कुरामा स्थानियमा सचेतना ल्याएको बताए । शिविरको समापन समारोहमा मङ्गलवार भरतपुर महानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष प्रकास दवाडीको समेत उपस्थिती रहेकोे थियो ।

शिविरमा सहभागीहरुलाई दन्त मंजन, टुथ ब्रस, साबुन र महिलाहरुको लागि सेनेटरी प्याड समेत निशुल्क वितरण गरिएको थियो ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...