माडीको गोबिन्दबस्तिको चेपाङ्ग छात्राबासमा अभावै अभाव

115

शिव शर्मा भरतपुर पुस १२ । माडी नगरपालिका वडा न–९ को कुसुम खोला पारीको एउटा वस्ती । जहा १ सय ६० चेपाङ्ग घरधुरी छ । गोबिन्दवस्ती बाट सो वस्ती पुग्न पैदल २ घण्टा लाग्छ । २ घन्टाको बाटो पार गर्न डाडा काडा र खोला नाला तर्नु पर्छ । सोहि वस्तीबाट गोबिन्दवस्तीमा रहेको श्री निम्न माबि( आधारभूत बिद्यालय १–८) मा पढ्न चेपाङ्ग बालबालिका आउने गर्दथे । गत बर्ष साउन २८ गतेको भिषण बाढीले माडी बासीलाई स्तब्ध तुल्यायो । कयौ फाट बगरमा परिणत भए । त्यहाका गरिव, दलित र पिछडिएका समुदायको त बिचल्ली नै भयो । कुसुमखोला पारिबाट बिद्यालय सम्म आउन चेपाङ्ग बालबालिकालाइ अफ्ट्यारो हुने भएपछी गोबिन्दवस्तीमा चेपाङ्ग छात्राबासको स्थापना गरियो । छात्राबासमा आएपछि आफ्नो छोराको पढाई राम्रो भएको अभिभावक कृष्णलाल प्रजा सुनाउछन् । गत बर्षको भाद्र ६ गते स्थापना भएको २ कोठे भवनमा संचालित छात्राबासमा अहिले अभाव नै अभाव सृजना भएको छ ।
छात्राबासमा खाद्यान्नको चरम अभाव रहेको श्री आधारभूत बिद्यालय गोबिन्दवस्तीका बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष मान बहादुर बिष्ट बताउछन । “२ कोठे भवनमा छात्रछात्रालाइ राखेका छौ । आफ्नै आफ्नै कोठाको एक कुनामा भान्छा बनाएर राखेका छौ ।” बिष्ट भन्छन, “सुरु सुरुमा त काठमाण्डौ र बिदेशी सस्था एनजीओ आइएनजो र नेपाली सस्था पनि सहयोग गर्न आए , सुरुमा कठिन भएको थिएन तर समय बित्दै जादा अहिले छात्राबासलाइ ब्यवस्थापन गर्न कठिन भएको छ ।” अहिले नगरपालिकाको सहयोगमा गुजारा चलाएर भएपनि बिद्यार्थीलाइ राखेको उनको भनाइ छ । माडी नगरपालिकाले अनुदानकै रुपमा बजेट निकाशा गरिदिनुपर्ने आवस्यकता उनि देख्छन ।
आर्थिक बर्ष २०७५÷०७६को पहिलो चौमासिकमा नगरपालिकाले करिव २ लाख बजेट बिनियोजन गरेको नगरपालिका प्रवक्ता शिव हरि सुवेदीले बताए । उनले भने “नगरपालिकाको शिक्षा शाखाले यो छात्राबासलाइ ब्यवस्थापन गर्न गम्भीर भएर लागेको छ ।” प्रति बिद्यार्थी औसद १५ हजारको बार्षिक खर्च हुने गरेको सुवेदीको भनाइ छ । “जाडो लागे यता बिद्यार्थीलाइ न्यानो लुगा पनि छैन, खुट्टामा चप्पल समेत हुदैन ।” सोहि वडाका अध्यक्ष समेत रहेका सुवेदीले दुख पोख्दै भने,“केहि सहयोग रेडक्रसले गर्ने गर्छ, अन्य संघ सस्थाले पनि बेला बेलामा सहयोग गर्नु हुन्छ, तर साउन यता चल्न पनि गाह्रो भएको छ ।”
“जंगलमा नै आफ्नो गुजारा चलाउने चेपाङ्ग समुदायका बालबालिकाले अध्ययन गर्न पाउनु पर्छ भन्दै छात्राबासको सुरु गरेका हौ ।” विद्यालयका प्रधानाध्यापक बिस्वनाथ घिमिरेले भन्छन, “अहिले यसै बिद्यालयमा ३१२ बिद्यार्थी मध्ये १५० भन्दा बढी चेपाङ्ग बिद्यार्थी छन् ।” सबैको सहयोगले नै बालबालिकाले पढ्न पाउने उनको बुझाइ छ ।
माडी नगरपलिका उपप्रमुख तारा कुमारी काजी महतोले बिद्यालयले आफुसंग भएको ३ बिगा जग्गाको प्रयोग गरि धान चामलको जोहो गर्नुपर्ने बताइन । “छात्राबासमा काम गर्ने २ जना कामदारको अत्याबस्यक आवस्यक छ, बिद्यालय ब्यबस्थापन समितिले कामदार ब्यबस्थापन गर्नुस नगरपालिकाले आर्थिक सहयोग गर्छ भन्दा पनि गर्न सक्नु भएको छैन।” यो छात्राबासले चेपाङ्ग लगाएत त्यस क्षेत्रका निमुखा गरिव बिद्यार्थीको शैक्षिक निरन्तरतामा टेवा पुगेको उनि बताउछिन । आगामी कार्यक्रममा चेपाङ्ग छात्राबास विकास गर्न योजना नै बनाएर जाने नगरपालिकाको तयारी छ । छात्राबासमा अहिले ७३ जना बालबालिका रहेका छन् ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...