निर्मला पन्तको हत्यारालाई तुरुन्त सार्वजनिक गराउन सतर्कता अभियानको दवाब

48

भरतपुर मङ्सिर १२ । पश्चिम चितवनका सामाजिक अभियान्ताहरुले जिल्ला प्रशासन कार्यालय चितवन मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । सामाजिक सतर्कता अभियान भरतपुर ६ ले निर्मला पन्त हत्यामा संलग्नलाई तुरुन्त पक्राउ गरि सार्वजनिक गर्न माग सहित जिल्ला प्रसाशन कार्यालय चितवनमा ज्ञापनपत्र बुझाएका हुन । आज (बुधवार ) प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत समक्ष गृहमन्त्रालय र सरकारलाई सामाजिक न्याय र सुरक्षाको बिषयमा गम्भीर हुन आग्रह गदै ज्ञापनपत्र बुझाएको युवा अभियन्ता दिनेश पौडेलले बताए । उनका अनुसार निर्मला हत्या प्रकरणमा संलग्नलाई कारबाहीको माग सहित ज्ञापनपत्र बुझाइएको हो । 

ज्ञापनपत्र बुझाउदै सामाजिक सतर्कता अभियान भरतपुर महानगरपालिका वडा नम्बर ६ का संयोजक इन्द्र प्रसाद न्यौपानेले समाजमा पछिल्लो समय दण्डहिनता बढेको र त्यसलाई नियन्त्रण गर्न सरकारले चासो नदेखाउनुले सरकारको लाचारीपन बाहिर आएको टिप्पणी गरे । राष्ट्रियकरण भइसकेको निर्मला हत्या काण्डको दोषी अहिले सम्म प्रकाउ पर्न नसक्नु राज्यको उदासिनता भएको भन्दै ज्ञापनपत्र बुझाउन बाध्य भएको बताए । 

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले हत्या, बलात्कार, लैंगिक हिँसा लगाएत जघन्य अपराधमा संलग्न अपराधी कानुनी कठघरामा नआउनुको विकल्प नरहेको बताए । उनले महिला बालबालिका लगाएतमा भइरहेको लैंगिक हिँसा समाजबाट निर्मुल पार्न समाजका सचेत वर्ग चनाखो भइ घटनाको बिषयमा नजिकको स्थानीय प्रहरी कार्यालयमा सूचना पुर्याउनु पर्ने सुल्झाए । निर्मला हत्या काण्डका बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको र छिट्टै अपराधी पत्ता लाग्नेमा ढुक्क हुन समेत उनले आग्रह गर्दै गृहमन्त्रालयमा प्रेसित गर्ने बताए । 

यस अघि भरतपुर ६ गीतानगरबाट सुरु भएको मोटरसाइकल र्याली सरकारको बिरोध स्वरुप देशमा कानुन हरेको भन्दै मोटरसाइकलको बत्ति बाल्दै हर्न बजाएर जिल्ला प्रसासन कार्यालय टुङ्गिएको थियो । सामाजिक सतर्कता अभियानका अभियान्ताहरुले भरतपुर ६ को वडा कार्यालयका वडा अध्यक्ष हरिविलास कोइरालालाई बोधार्थ सहितको ज्ञापनपत्र बुझाएका थिए । सामाजिक अभियन्ताहरुले समाजमा हुने हरेक क्रियाकलापको सामाजिक सतर्कता अभियानले नजिक बाट नियाल्दै सम्बन्धित पक्षलाइ सचेत गराउर्दै आएको छ । 

Loading...

आफ्नो बिचार ब्यक्त गर्नुहोस

Please enter your comment!
Please enter your name here