वक्तृत्वकला प्रतियोगितामा प्रकृतिलाई प्रथम पुरस्कार ,शिव शर्मा द्वितीय

57

असोज २२, भरतपुर । सृजनशील कलमहरूको समूह सप्तगण्डकी विम्ब यात्राले आयोजना गरेको ‘अन्तर क्याम्पसस्तरीय वृहत् वक्तृत्वकला प्रतियोगितामा बालकुमारी कलेज नारायणगढकी प्रकृति न्याैपानेले प्रथम स्थान हात पारेकी छिन् । 

आज सप्तगण्डकी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न प्रतियोगितामा द्वितीय, तृतीय र सन्त्वना स्थान भने क्रमशः शिव गौतम शर्मा (अरूणोदय कलेज भरतपुर), वसुन्धरा काफ्ले (सप्तगण्डकी बहुमुखी क्याम्पस) र सुजना अर्याल (श्री मेडिकल कलेज) ले प्राप्त गरेका छन् । प्रथम द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरूलाई क्रमश नगद रु. पन्ध्र हजार, दश हजार, पाँच हजार र एक हजार पाँच सय सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा प्रतिस्पर्धीहरूले ‘विश्वविद्यालयको शिक्षा र रोजगारीको अवस्था’ विषयमा आफ्नो विचार प्रकट गरेका थिए । प्रतियोगीहरूले नेपालका विश्वविद्यालयहरूलाई अन्तर्राष्ट्रिय स्तरको बनाइ देशलाई शैक्षिक गन्तव्यको केन्द्र बनाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्दै सप्तगण्डकी क्याम्पसका सहायक क्याम्पस प्रमुख टीकाराम देवकोटाले सृजनशीलता मरे समाजमा विकृति जन्मने भन्दै अन्धकारको युग अन्त्य गर्न सृजनशील व्यक्तिहरूको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।

कार्यक्रममा विम्ब यात्राका अध्यक्ष आकाश पौडेल, प्रमुख अतिथि वरिष्ठ साहित्यकार गायत्री श्रेष्ठ, सप्तगण्डकी क्याम्पस प्रमुख खेमप्रसाद सापकोटा, लगायतको उपस्थिति रहेको थियो । निर्णायकको भूमिकामा प्राध्यापकहरू राम कुमार तिवारी, अनुज जोशी र पदमलाल भारती हुनुहुन्थ्यो । प्रतियोगितामा चितवन र नवलपुर जिल्लाका विभिन्न ८ क्याम्पसबाट १३ जना विद्यार्थीहरू सहभागी भएका थिए ।

Loading...

आफ्नो बिचार ब्यक्त गर्नुहोस

Please enter your comment!
Please enter your name here