भरतपुर ११ मा टोल सुधार समिति गठनमा किचलो !

44

शिव शर्मा भरतपुर, असोज १९ । भरतपुर महानगरपालिका वडा न ११ मा वडा अध्यक्ष बाबुराम अधिकारीले एकलौटि रुपमा टोल सुधार समिति बनाएको भन्दै कांग्रेस आक्रोषित भएको छ । ५१ वटा टोल सुधार समितिलाई घटाएर वडा अध्यक्षले २६ वटामा सिमित गरेको भन्दै कांग्रेस रुस्ट भएको हो । वडा अध्यक्षले मनपरी रुपमा सर्बपक्षिय छलफल नै नगरी संविधानको मर्म बिपरितको कार्य गरेको कांग्रेसको आरोप छ । अहिले २६ वटा मध्ये २५ कम्युनिस्ट समर्थक र १ कांग्रेस समर्थक टोल सुधार समिति गठन भएको स्रोतको दाबी छ ।

१०० घरधुरी संख्या कम भएको खण्डमा निर्देशन दिने अधिकार वडा अध्यक्ष भएपनि हस्तक्षेप गरेर एकलौटि रुपमा निर्णय गरिनु आपत्ति जनक रहेको नेपाली कांग्रेस जिल्ला सचिब उत्तम जोशीले बताए । “आफु अनुकुल व्यक्तिलाई टोलसुधार समितिमा राखेर कम्युनिस्ट सरकारले वडा र टोल सुधार समिति नै कब्जा गर्न लागेको छ । यस्तो कार्य सरकारको दम्ब हो ।” , उनले भने ,“महानगरपालिकामा पटक पटक छलफलका लागी गएपनि मेयर र वडा अध्यक्षले यस बिषयलाई गम्भीर रुपमा लिएको छैन ।”

यस बिषयमा वडा न ११ का वडा अध्यक्ष बाबुराम अधिकारीले सिमाङ्कनलाइ ब्यबस्थित बनाउन आफुले यो काम गरेको बताए । उनले स्थानीय विकास मन्त्रालयले परिपत्र गरेको अनुरुप महानगरबाट पत्र नै काटेर प्रक्रिया अनुरुप टोल सुधार समिति गठन गरेको बताए ।

टोल सुधार समिति गठन गर्दा स्थानीय विकास मन्त्रालयको परिपत्र अनुरुप स्थानीय निकायको सिफारिसमा सामाजिक विकास समितिको छलफलमा टोल सुधार समिति गठन हुनु पर्ने व्यवस्था छ ।

कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य प्रकास अधिकारी , राजेश्वर खनाल , नगर सभापति भारत अधिकारी लगाएतको उपस्थिति थियो । कार्यक्रम नेपाली कांग्रेस जिल्ला सचिब उत्तम जोशीको प्रमुख आतिथ्यता र कांग्रेस भरतपुर ११ वडा सभापति अमर लामाको अध्यक्षतामा भएको थियो ।

Loading...

आफ्नो बिचार ब्यक्त गर्नुहोस

Please enter your comment!
Please enter your name here