८८ बर्षिय वृद्द सम्पर्क बिहिन , खोजी कार्यमा सहयोग गरिदिन परिवारको आग्रह

83

शिव शर्मा कात्तिक ०९ चितवन : भरतपुर महानगरपालिका वडा न १३ चम्पानगरका ८८ बर्सिय वृद्द बलबहादुर बसेल सम्पर्क बिहिन हुनु भएको छ । आज (बिहिबार ) बिहान ११ बजे खाना खाएर टोल घुम्न जानु भएका बसेल अझै सम्पर्कमा नआउनु भएको परिवारले जनाएको छ । उहा लम्जुङ्ग घर भइ भरतपुर महानगरपालिका १३ चम्पानगरमा बस्दै आउनु भएको थियो । सबै आफन्त जनमा सम्पर्क गरिएपनि नभेटीएको परिवार स्रोतले जनाएको छ । उहा घर बाट निस्कने क्रममा ढाका टोपी , हरियो टिसर्ट माथि कालो अस्कोट , खैरो हाप पाइन्ट ,र चप्पल लगाउनु भएको परिबार स्रोतले जनाएको छ । उहा ५ फिट र गहु गोरो बर्णको हुनुहुन्थियो । उहालाई भेटेमा नजिकै को प्रहरी चौकी एबम ९८२३३२२९२६ मा सम्पर्क गरिदिनु हुन परिवारले आग्रह गरेको छ ।

Loading...