भरतपुरको चौतर्फी बिकास मेरो पहिलो प्राथमिकता : मेयर रेणु दाहाल

86

शिव शर्मा भरतपुर कात्तिक ०८  : भरतपुर महानगरपालिकामा रहेका गाउ क्षेत्र एब सहरी क्षेत्र समानुपतिक रुपले बिकास गरिने भरतपुर महानगर प्रमुख रेणु दाहालले बताउनु भएको छ ।

भरतपुर महानगरपालिका वडा न ६ को वडा भेलामा बोल्दै मेयर रेणु दाहालले भरतपुर महानगरपालिका संभावनाको महानगरपालिका भएको भन्दै चौतर्फी बिकास आफ्नो प्रमुख काम भएको बताउनु भएको हो । वडा भेलालाई सम्बोधन गर्दै प्रमुख दाहालले भन्नु भयो ” भरतपुर महानगर सम्भाबना प्रसस्त भएको महानगरपालिका हो , यसको चौतर्फी बिकास मेरो मुख्य एजेण्डा हो । यसमा सहयोग गर्न आम सर्बसाधारणमा म आग्रह गर्दछु । ”
कार्यक्रममा वडा न ६ का वडा अध्यक्ष हरिबिलाश कोइरालाले नया ढंगले विकास गरिने प्रतिबद्दता ब्यक्त गर्नु भयो । उहाले कच्ची बाटोलाई ब्यबस्थित गरि कालोपत्रे (पिच ) गर्नु पर्ने बताउनु भयो ।

उहाले भन्नु भयो ” कृषि क्षेत्रमा वडा न ६ अब्बल छ । यसको प्रबद्धन र बिकासमा म पहल गर्ने छु । पोल्ट्री व्यवसायलाई अझै ब्यबस्थित गरि आय आर्जनको मुख्य स्रोत बनाउने छौ । ” उहाले यहाको पर्यापर्यटनलाइ बिषेश स्थान दिएर बिकास गरिने बताउनु भयो ।

उहाले सबारी ब्यबस्थापनमा वडाले महानगरपालिका संग समन्वयन गर्ने जिकिर गर्नु भयो । यस्तै रेडियो सम्पदा कि अध्यक्ष  एबम समाज सेबी मुना गुरुङले भरतपुरको चौतर्फी बिकासका लागि क्रम बद्द बिकासको परियोजना निर्माण गर्नु पर्ने सुझाब दिनु भयो । वडा भेला भरतपुर महानगरपालिका कि प्रमुख रेणु दाहालको प्रमुख अतिथ्यता एबम वडा न ६ का वडा अध्यक्ष हरिबिलाश कोइरालाको अध्यक्षतामा सम्पन्न भएको हो ।

Loading...