ग्रेटर नेपाल जिन्दाबाद ! देश टुक्र्याउने दलालहरु मुर्दाबाद !

124

सप्ताहिक स्तम्भ: भ्वाईस अफ युथ

लेखक: महेश नेपाल

 

सिके राउत सिधै तराई टुक्र्याउँ भन्छ, राजेन्द्रे, महन्थे र उपेन्द्रेहरु एक मधेस एक प्रदेश नभई मान्दै मान्दैनौं भन्छन । प्रचण्ड, निधि र शेरेहरु संविधान संशोधन गरेरै छाड्छौं देश टुक्राएर छाड्छौं कसैले रोकेर रोकिँदैन भन्छन । अब भन्नुस यिनिहरुमा के फरक छ? देश बिकाश गर्ने मन भए खुरुखुरु गरे भयो कस्ले रोकेको छ ? किन टुक्र्याउन पर्‍यो देश ?  हुत्ती भए तिमिहरु ईण्डियनका दलाल हैनौ भने पश्चिम किल्ला काँगडा, पुर्वको टिष्टा सम्मको  हाम्रा सुन्दर बस्तीहरु, कुमाउ,गढवाल, सिक्किम दार्जिलिङ फिर्ता ल्याउ र विशाल नेपालमा राज गर । किनकी त्यो भु-भागमा हाम्रो हो ।

सक्दैनौ भने सुगौली सन्धी पछाडी भारतले हडपेको हाम्रो भुमी  सुस्ता, कालापानी, टनकपुर, महाकाली, लिपुलेक, चाँदनी दोधारा लगायत फिर्ता गराउ । खाली देश टुक्राउनै बल गर्ने तिमिहरु देशद्रोही सिके भन्दा के कुरामा फरक छौ ? म तिमिहरुके झोले कार्यकर्ता हैन, मलाई ज्यानको मतलब छैन । देश रहे मेरा सन्तती रहलान, नेपाली भनेर गर्वले बाँच्लान । देश नै गुमाएर मरेतुल्य भएर बाँच्नु छैन मलाई । तिमिहरुले २/४ पैसा फाँकौला र छाक टारौला भन्ने लाग्दैन मलाई ।

हामिले सन १८१५ को असमान सुगौली सन्धिमा अंग्रेज संग गुमाएको भुभाग फिर्ता लिन त सकेका छैनौ छैनौ भएको भुमी पनि गुमाउँदै गएकाछौ । तर हामीलाई आफैलाई देश टुक्राउनुछ । आफैँआफैँमा झगडा गरेर ईण्डियनलाई फाईदा पुराई रहेकाछौं । भारतसँग जोडिएका २६ जिल्लामध्ये २३ जिल्लाका ७१ भन्दाबढी ठाउँमा नेपाली भू-भाग मिचिएको छ । भारतबाट एकतर्फी रुपमा लगभग ६० हजार हेक्टरभन्दा बढी भुभाग मिचिएको छ । यसमध्ये कालापानी-लिम्पियाधुरा क्षेत्रको मात्रै ३६ हजार नवलपरासीको सुस्तामा १४ हजार र अन्य जिल्लाहरुमा ९ हजार हेक्टर जमिन अतिक्रमण भएको छ । त्यतिमात्र कहाँ हो र मेची-महाकालीसम्म भारतसँग सीमा जोडिएका १८ जिल्लामा ४ सय ७४ सीमास्तम्भ भारतीय पक्षबाट गायब भएका छन् । ३ हजार ५ सय २९ सीमास्तम्भमध्ये २ हजार ३ सय ५८ मात्र सामान्य अवस्थामा छन् ।

दिनदहाडै हाम्रा सिमानाका चेलिबेटी बलात्कृत हुँदा, सयौँ हेक्टर जमिन मिच्दै हाम्रा सिमा स्तम्भ झिकिँदा, बेलुकी नेपालमा सुतेका हाम्रा दाजुभाई बिहान उठ्दा बिहारी हुँदा, यता काठ्माण्डौमा हाम्रा काईतेहरु सत्ता लिप्सामा नाङ्गो नाँच देखाउँछन । यिनका मालिक रिझाउन प्राय लैन्चौर पुग्छन, हरेक महिना दिल्ली उड्छन । अनि म कसरी जय स्वाभिमान फलाकौं ?? म दुनियालाई ढाँट्न सकौंला तर म र मेरो आत्मालाई त ढाँट्न सक्दिननी ? म दुनियाको सामु वीर गोर्खालीको छोरो हुँ भनौँला तर देश रुँदा हाँस्न त सक्दिननी ? हो यहि रहेछ देशप्रेम र त ब्यक्तिगत रुपमा जति खुसी भएपनी देशको पिरले सँधै आँखा रसाउँछन ।

ए शेर्पा दाइ तिमिले कहिले बुझ्छौ भाई फुटे घर बिग्रीन्छ भन्ने कुरा? ए लिम्बू दाइ तिमिले कहिले बुझ्ने देशमा जातजातमा छुटिँदा शत्रुले गिद्दे आँखा लगाउँछ भन्ने कुरा ? हामि सबैलाइ टोल टोलको मुख्यमन्त्री बन्नुछ, देश टुक्राएर अझै सानो बनाउनु छ । हाम्रो गुमेको भुमी फिर्ता गरेर विशाल नेपालको प्रधानमन्त्री बनौँ भन्ने बुद्दी आउँदैन, हामिलाई विशाल नेपालको राष्ट्रपती बन्नु छैन । सोच नै सानो भएपछी बिचार कसरी फैलन्छ ? देशको भुगोल कसरी बढ्छ ? तिमी आफू व्यापार बढाउन चाहन्छौ, घर बढाउन चाहन्छौ, जग्गा जोड्न चाहन्छौ, पैसा कमाउन चाहन्छौ तर ए नेवार दाई ! देश किन घटाउन चाहन्छौ ?
भएको भु-भागको संरक्षण गर्न नसक्ने हुत्तिहारा दलालहरु देश टुक्राउने भाषण दिन्छन । सुस्ता, कालापानी, टनकपुर,महाकाली, लिपुलेक, चाँदनी दोधारा लगायत हाम्रा भुमी बेच्ने ब्यापारीहरु राष्ट्रबादीको पगरी गुथ्छन । तिमिहरु यस्ता व्यापारी हौ राम्रो मोल पाए आफ्नै बाउ आमा बेचिदिन्छौ देशको त कुरै नगरौं ।
सिके, शेरबहादुर, प्रचण्ड, निधि र बाबुराममा के फरक छ ? तराईबाट मोदिले उनका छाउरा हरुलाई संविधान संशोधन गर्न लगाउ नमाने धम्क्याउ भन्ने, यता काठ्माण्डौमा शेरे, प्रचण्डे र निधिहरु मिलेर सेड्युल बनाउने र कराउने ।  केही फरक छैन यी चार शेरे, प्रचण्डे, निधी र सिकेमा । बाबुरामको त कुरै गर्नु परेन ।  यी सबै एकै ड्याङका मुला हुन । फरक यत्ती हो एउटा मधेस बाट भुक्छ देश टुक्र्याउँछु भन्छ उसका बडेभाई छोटा भाइ: उपेन्द्र, महन्थ, राजेन्द्रहरु काठ्माण्डौमा एजेण्टको रुपमा रहेर बार्गेनिङ गर्छन ।  बल नपुगे लैनचौर गयो पार्टी खायो फेरि डकार्‍यो । बिचरा छबिलाल काका, शेरे र निधिलाई नेपालबाटै सञ्चालित सरकार हो भनेर प्रमाणित पनि गर्नुपरेको छ । उता मालिकलाई पनि रिझाउनु परेको छ।
देशका कैयौँ आन्दोलनमा फटाईएका जुत्ताहरु रुँदैछन, नेताका जयजयकार गाउने ओठहरु दलाल भन्न बिवस भैरहेका छन । म जस्ता लाखौ युवा देशको भबिष्य खोजेर रुवाउने नेतृत्व ! तैँले कहिले बुझ्छस हाम्रो भाषा ? कहिले पूरा गर्छस हाम्रो आशा ? निकम्मा नबन तँ, हरिलट्ठक नबन तँ । तेरो जय जयकार गर्ने ओठहरु आज के भन्दैछन ? तैँले सुनेको छस की सुन्नै नसक्ने गरि बहिरो बनिस ? हामी तेरो उपचार खोजिरहेछौ । तिम्रा कार्यकर्ताहरु किन एक-एक गर्दै पार्टी छाडीरहेछन? तिम्रो जयजयकार गर्नेहरु किन तिम्रो खिलाफमा बोल्दैछन? तँ निदाएको छस या निदाएको नाटक मञ्चन गर्दैछस? जब मत्ता साँडेले   डुक्राएर उपद्रो गर्छ  त्यसलाई भाटाले हान्नुपर्छ अनि तह लाग्छ अब तिमिहरुको पालो हो याद राख ।
आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...