‘सुपर अर्थ’ पत्ता लाग्यो

49

एनपिएल न्युज काठमाडौं, चैत २६ : खगोलविद्हरुले पृथ्वीमाजस्तै वातावरण भएको ग्रह पत्ता लागेको बताएका छन् । जहाँ पृथ्वीमाजस्तै जीवनको अस्तित्व भएको उनीहरुको भनाइ छ ।
वैज्ञानिकहरुले ‘जीजे ११३२ बी’ नामक त्यस ग्रहलाई ‘सुपर अर्थ’ नाम दिएका छन् । जुन पृथ्वीबाट ३९ प्रकाशवर्ष टाढा छ ।हालै टेलिस्कोपबाट गरिएको एक अवलोकनमा अध्ययनकर्ताहरुले यस ग्रहले आफ्नो तारामन्डलको नजिकैबाट चक्कर लगाइरहेको कारण ‘सुपर अर्थ’को प्रकाश–तरंगहरुमात्र देखिएको उल्लेख गरेका छन् ।
प्रारम्भिक अध्ययनमा ‘सुपर अर्थ’ पृथ्वीभन्दा ठूलो आकारको भएको र पानी तथा मिथेन ग्यास प्रशस्त रहेको उनीहरुले बताएका छन् ।
‘ग्लिसे ११३२ बी’ (जीजे ११३२ बी) नाम गरेको यस ग्रह ब्रह्मान्डको दक्षिणमा रहेको ‘बेला’ तारामन्डलको रातो तारा (रेड स्टार)कोनजिक रहेको छ ।
‘सुपर अर्थ’ पृथ्वीको तुलनामा १.४ गुणा ठूलो आकार र १.६ गुणा बढी घनत्व रहेको वैज्ञानिकहरुले उल्लेख गरेका छन् ।
वैज्ञानिकहरुले यस खोजलाई एक नयाँ आशाकोरुपमा लिएको बताएका छन् ।‘किले’ विश्वविद्यालयका डा.जोन साउथवर्थले अहिलेसम्म त्यहाँ जीवनको अस्तित्व छ कि छैन भन्ने यकिन नभएका तर त्यहाँको वातावरण पृथ्वीकैजस्तै भएकोले धेरै रहस्य थाहा पाउन बाँकी रहेको बताएका छन् ।
डा.साउथवर्थकाअनुसार पृथ्वीजस्तै वातावरण भएको ग्रह पत्ता लागेको यो पहिलोपटक हो ।
‘ग्लिसे ११३२ वी’ (जीजे ११३२ बी) नाम गरेको ‘सुपर अर्थ’को वरिपरिसमेत पृथ्वीको जस्तै वातावरण रहेको छ ।
‘म्याक्स प्लेन्क इन्स्टिच्यूट फर एस्ट्रोनोमी’का अध्ययनकर्तासहित वैज्ञानिकहरुले चिलीमा रहेको २.२ मिटर इएसओ एमपीजी टेलिस्कोपको सहायताले ‘सुपर अर्थ’बाट परावर्तित प्रकाशको अध्ययन गरेका थिए ।रातो ताराको नजिकैबाट ‘सुपर अर्थ’ले आफ्नो यात्रा गर्ने भएकोले उक्त ग्रहबाट परावर्तित प्रकाशलाई अध्ययन गर्न समस्या भएको वैज्ञानिकहरुले बताएका छन् । यस ग्रहले १.६ दिनमा एकपटक ताराको नजिकबाट यात्रा गर्दा देखिने इन्फ्ररेडलाई अध्ययन गर्दा यसको बाह्य मन्डलमात्रै देखिन्छ ।
वैज्ञानिकहरुले पृथ्वीमाजस्तै बाह्य वायुमन्डल रहेको र त्यसबाट परावर्तित इन्फ्ररेडका कारण यसको आकार ठूलो देखिएको हुनसक्ने अनुमान गरेका छन् ।
‘एआरएक्सआइभी’मा प्रकाशित अध्ययनमा धेरै रहस्यहरु बाहिर आउन बाँकी रहेको, जसले गर्दा यस अध्ययनको महत्व बढ्ने खगोलविद्हरुले उल्लेख गरेका छन् ।वैज्ञानिकहरुले यस ग्रहमा ७० प्रतिशत सिलिकेट र ३० प्रतिशत धातु रहेको, जसमा २० प्रतिशत पानीसमेत रहेको उल्लेख गरेका छन् ।डा.साउथवर्थले यस अध्ययनले पृथ्वीजस्तै ग्रहको खोजीमा आफ्नो टिम पहिलो भएको बताएका छन् । उनकाअनुसार यो ग्रह नै जीवन अस्तित्वमा आउने पृथ्वीपछिको दोस्रो ग्रह हुनेछ ।तर, वैज्ञानिकहरुले ‘सुपर अर्थ’ पृथ्वीभन्दा केहि तातो रहेको उल्लेख गरेका छन् । तातो भएकै कारण यहाँ वर्षाको माध्यमबाट पानीको निर्माण भएको हो ।वैज्ञानिकहरुले यस सुपर अर्थको अध्ययनका लागि हवल स्पेस टेलिस्कोप र जेम्स वेब टेलिस्कोप प्रयोग गरी थप अध्ययन गर्ने बताएका छन् । (एजेन्सी)

Loading...