सेवाग्राही ठग्दै ईन्टरनेट सर्भिस प्रोभाईडर कम्पनी टेकमाईण्डस्

54

एनपिएल न्युज / अस्विन कंडेल रत्ननगर फागुन -०७ नेपाल विश्व मै दोस्रो ढिलो ईन्टरनेट चल्ने मुलुक को सुचि मा रहेको पछिल्लो एक प्रतिबेदन ले देखाईसकेको छ।नेपाल मा च्याउ उम्रे सरि खोलिएका ईन्टरनेट प्रदायक कम्पनी हरु ले राम्रो बिज्ञापन बाहेक अरु कुनै सेवा राम्रो दिन सकेका छैनन् ।

चितवन मा आफ्नु सबै भन्दा धेरै सेवाग्राही बनाएको ईन्टरनेट प्रदायक कम्पनी टेकमाईण्डस् को बिगत केही दिन देखि को स्पिड र बारम्बार आउने समस्याले यति बेला समाजिक सञ्जाल देखि जताततै टेकमाईण्डस् का ग्राहक हरु आक्रोशित बनेका छन् ।

पुर्बी चितवन को खैरहनी नगरपालिका बस्ने गणेश सापकोटा ले आफू टेकमाईण्डस् को समस्या देखेर आजित भएको बताउछन्। अफिस मा फोन गर्दा सबै ठिक छ भन्छन तर यता भने ईन्टरनेट को समस्या जे को त्यही रहेको जनाउछ्न्।त्यति मात्र हैन समाजिक सञ्जाल मा पनि टेकमाईण्डस् को उक्त खराब सेवा को बिरोध हुँदै आएको छ ।पश्चिम चितवन निवासी सन्दिप देबकोटा ले टेकमाईण्डस् को हरेक दिन को समस्या ले गर्दा आफू हरु आजित परेको जनाउछन्।

त्यस्तै चितवन कै ज्यामिरे मा टेकमाईण्डस् को ईन्टरनेट चलाईरहेका सुजन थापा पनि सोही कुरा बताउछन् ।कति कति बेला मात्र नेट आउँछ र बिशेष गरि दिउँसो १२ देखि १ र बेलुका को समय मा नेट नै नचलेर दुख पाएको बताउछन अर्का युजर बिशाल सुवेदी ।

तर उता बकुल्लर मा रहेको अफिस मा फोन गरेर सोध्दा त्यहा बाट कुनै समस्या नरहेको त्यहा का कर्मचारी ले जनाउछन्।तर यता सेवाग्राही भने चर्को मूल्य तिरेर राखेको ईन्टरनेट नै नचले पछि चिन्तित देखिन्छन् ।

सरकार को यश को लागि कुनै कार्वाही को कानुन नभएकै कारण ले गर्दा प्रदायक कम्पनी को हेपहा आचरण रहेको सेवाग्राही बताउछन् ।

Loading...

आफ्नो बिचार ब्यक्त गर्नुहोस

Please enter your comment!
Please enter your name here