ट्रेड युनियन काँग्रेस के.आइ.सिंह शाखाको अध्यक्षमा राणा

276

पवन महरा
डोटी- नेपाल ट्रेड युनियन काँग्रेस डा.के.आइ.सिंह शाखाको अध्यक्षमा मिन बहादुर राणा चयन भएका छन् । शनिवार डा.के.आइ.सिंह गाउँपालिकाको वायलमा आयोजित एक कार्यक्रमका विच राणाको नेतृत्वमा ११ सदस्यिय तदर्थ समिति गठन गरिएको हो । अध्यक्षमा चयन भएका राणा सरस्वती माध्यामीक विद्यालयका प्रधानाध्यपक हुन् ।


ट्रेड युनियन काँग्रेस डोटीका उपाध्यक्ष रमेश प्रसाद भट्टको अध्यक्षतामा भएको कार्यक्रमबाट उपाध्यक्षमा तारानाथ भट्ट र महिला उपाध्यक्षमा ममता कुँवर लाई चयन भएका छन् । त्यस्तै सचिवमा भरत वम, सहसचिवमा गोपाल धामी, कोषाध्यक्ष्मा खडक सिं कुँवर चयन भएका छन् भने सदस्यहरुमा लोक बहादुर वलायर, अर्जुन बम, यज्ञ राज जोशी, पुष्पा रावल बम र चेत राज भट्ट चयन भएका छन् ।
नेपाल ट्रेड युनियन काँग्रेसले देशै भरिका स्थानिय तहहरुमा आफ्नो संगठन विस्तार गर्ने रणनीति अनुरुप के.आइ.सिंहमा संगठन निर्माण गरेको हो । के.आइ.सिंहमा संगठन विस्तार गर्नका लागि ट्रेड युनियन काँग्रेस डोटीले नेपाल स्वास्थ्यकर्मी संघ डोटीका अध्यक्ष अर्जुन बलायरलाई संयोजक तोकेको थियो । के.आइ.सिंह गाउँपालिका ट्रेड युनियन काँग्रेसको संगठन विस्तार गर्ने डोटीको पहिलो गाउँपालिका हो । यसै अनुरुप अन्य स्थाजिय तहहरुमा पनि शाखा विस्तार गर्न संयोजक तोकिएको ट्रेड युनियन काँग्रेस डोटीले जनाएको छ ।
गाउँपालीका अध्यक्ष लोकेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यतामा भएको कार्याममा अर्जुन बलायरले स्वागत मन्तव्य राखेका थिए । गाउँपालिका अन्तरगतका सबै क्षेत्रका कर्मचारीहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन भरत वमले गरेका थिए ।
अध्यक्ष राणाले पदभार ग्रहण गर्दै अफु संगठनको हित तथा कर्मचारीहरुको पेशागत हकहितका लागि कटिबद्ध भएर काम गर्ने बताए । गाउँपालिकाका अध्यक्ष शाहीले नयाँ नेतृत्वलाई शुभकामना दिएका थिए ।
डोटीका सवै स्थानीय तहमा संगन विस्तारको लागी प्रतीनिधीहरु खटाइ सकको बताउँदै जिल्ला उपाध्यक्ष भट्टले एक महिनाको अबधिमा नौं वटै स्थानिय तहमा संगठन विस्तार गरिसकेने बताए ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...