‘सो कल्ड’ जनयुद्दले सिमित व्यक्ति बाहेक जनतालाई केहि उपलब्धी दिएन ः कोइराला

36

चितवन, ०१ फागुन । तत्कालिन माओबादिको नेतृत्वमा भएको १० बर्षे जनआन्दोलनले केहि सिमित व्यक्तिलाई मात्र उपलब्धि दिलाएको नेपाली कांग्रेसका युवा नेता दिनेश कोइरालाले बताएका छन् । द्वन्दकालले नेपालको विकासमा अवरोध गरेको कोइरालाको ठहर छ । ‘जनताको नाममा गरिएको “जनयुद्द” ले केहि सिमित व्यक्तिलाई राज्यको उच्च पदमा पुर्यायो, तर जनताले दुख बाहेक केहि पाएनन ।’ संकल्प पोष्ट संग कुरा गर्दै कोइरालाले भने ‘जनआन्दोलनले आंशिक बाहेक जनतालाई केहि उपलब्धि दिएन ।’ द्वन्दकालले व्यवस्था परिवर्तन गरेपनि जनताको अवस्थामा रत्ति पनि परिवर्तन नभएको उनको ठहर छ । द्वन्दकालमा सोझा जनताले पाएको दुखले अहिले केहि व्यक्तिलाई मिठो निन्द्रा लाग्ने गरेको उनको भनाई छ ।
नेपाली कांग्रेसको नेतृत्वमा भएको २००७ सालको परिवर्तनको आन्दोलनले कोहि व्यक्ति मर्न नपर्ने गरि परिवर्तन ल्याएको उनले बताए । ‘इतिहासलाई सम्मान गर्नु पर्छ तर उपलब्धि मुलक इतिहासलाई सम्झिनु पर्छ ।’ उनले प्रश्न गरे ‘जन आन्दोलनले जनतालाई के दिलायो ?’

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...