कांग्रेसले कृष्ण प्रसाद भट्टराईको विचारलाइ मनन गर्नु पर्छ : जोशी

48

भरतपुर पुस ०८ । नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९५ औं जन्मजयन्ती आज चितवन सहित देश भर मनाइएको छ । भट्टराईको जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस वडा न १० ले कार्यक्रम नै गरि उनलाई र कांग्रेसको इतिहासलाई सम्झिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस जिल्ला सचिव उत्तम जोशीले पछिल्लो समय कांग्रेस कृष्ण प्रसाद भट्टराईको मार्ग बिर्सेर हिड्न थालेको बताएका छन । भट्टराईको मान्यता र विचारलाइ नेपाली कांग्रेसले मनन गर्दै अगाडी बढेमा मात्र कांग्रेस बलियो हुने उनको भनाइ छ । सन्त नेता भट्टराई इमान र नैतिक राजनेताका रुपमा नेपाली जनता माझ परिचित थिए । राजनीतिमा निष्ठा र मूल्य मान्यताप्रतिको प्रतिबद्धताकै कारण उनी पञ्चायती तानाशाही शासन व्यवस्थामा १४ वर्ष जेल बसेका थिए । सम्पत्तिको होडमा रहेको अहिलेको दुनियाँमा भट्टराई प्रधानमन्त्री भएका बेला बालुवाटारबाट फर्किने बेलामा छाता, माटाको सुराही र टिनको एउटा बाकस लिएरमात्र बाहिरिएका थिए ।

२०४७ साल वैशाख ६ गते गठित अन्तरिम सरकार र २०५६ सालको निर्वाचनपछि गरी उनी दुई पटक मुलुकको प्रधानमन्त्री बनेका थिए । कार्यक्रममा कांग्रेस जिल्ला सदस्य इश्वरी लौडारी,महाधिवेशन प्रतिनिधि सुदिप पौडेल, महिला नेत्री बिनु रायमाझी पौडेल लगाएतले बोलेका थिए । ध्रुब गिरिको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव उत्तम जोशी प्रमुख अतिथि थिए ।

Loading...

आफ्नो बिचार ब्यक्त गर्नुहोस

Please enter your comment!
Please enter your name here