सिटिहलको बिषय पेचिलो बन्दै , सिटिहल सिटि मै बन्नु पर्छ भन्ने महानगरको तर्क बेतुकको ः सरोकारवाला

26

भरतपुर असोज २० ।भरतपुर महानगरपालिकाले निर्माण गर्ने भनिएको सिटिहल भरतपुरको केन्द्र भागमा नै उपयुक्त हुने सरोकारवालाले निचोड निकालेका छन् । आज धनौजीमा भएको नागरिक समाजको भेलामा भरतपुर महानगरले विकास निर्माणको परियोजनामा पश्चिम चितवनलाई हेला गरेको अधिकांशको भनाइ थियो । सिटिहल भरतपुर महानगरले भरतपुर मै बनाउने भनिरहदा पश्चिम क्षेत्रमा बन्नु पर्ने आवाज चर्किदै गरेको छ । 

भेलामा सहभागी दिनेश कोइरालाले सिटिहलका बिषयमा महानगरले गम्भीर छलफल नै नगरी अल्पकालिन सोचमा रुमलिएको बताउनु भयो । “जनता धेरै सहनसिल भए , नेतृत्वले गतल गर्दा पनि गलत भयो भन्न सकिएको छैन । जनताले नेतालाई अब खबरदार गर्नु पर्छ । सिटिहल निर्माण निर्णयमा पनि नेतृत्वले गल्ति गरेको छ । “ उहाले भन्नुभयो ,“अब पनि जनता दास मानसिकतामा रहनु हुदैन ।” सिटिहल निर्माण सिटि मै निर्माण हुनुपर्ने भरतपुर महानगरको तर्क बेतुकको भएको उनीहरुको निस्कर्ष छ ।

त्यस्तै साबिक पटिहानी गाबिसका पूर्व उपाध्यक्ष रामजी सापकोटाले सिटिहल भरतपुरको केन्द्र भागमा नै उत्तम भएको दाबि गर्नु भयो । “ यहा होटेल पनि खूल्ने क्रम जारी छ , हलमा आउने पाउनालाई ब्यबस्थित बसोबासको बन्दोबस्त मिलाउने क्षमता पश्चिम चितवन सगं छ ।”उहाले २र४ जनाले उचालेको भरमा अपरिपक्क निर्णय नगर्न महानगर प्रतिनिधिलाइ सचेत गराउनु भयो ।

त्यस्तै बाबुराम दाहालले चैत्र महिनामा नै सिटिहलका बिषयमा मध्ये भागमा नै बहस भएको बताए । “बिचमा फेरी क्यान्सर अस्पतालमा चर्चा भयो । क्यान्सर अस्पतालको निर्णय बिवादमा परेपछि गेस्ट हाउसमा पनि बिवाद भयो ।अब केन्द्र भागमा नै उत्तम हुन्छ । ”

भुपेन्द्र बस्नेतले मेयरले चाहेमा गेस्ट हाउसमा गरिएको निर्णयलाई महानगरको मध्ये भागमा सार्न सकिने बताए । उनले महानगर बन्न मेघौली गोलाघाट पटिहानी चाहिने तर बिकासमा हेला गर्ने प्रवृति प्रति आक्रोश ब्यक्त गरे । पटिहानी गाबिसका पुर्ब अध्यक्ष मधुसुधन सापकोटा को सभापतित्वका भएको सो कार्यक्रममा चेतनाथ न्यौपाने , रमेश कोइराला , हरी आर्चाय , कल्पना सापकोटा लगाएत नागरिक अगुवाले बोलेका थिए ।

Loading...

आफ्नो बिचार ब्यक्त गर्नुहोस

Please enter your comment!
Please enter your name here