“बि.पी. घर वा सुदृढ बैकल्पिक शक्ति”

138

  • चन्द्रदेव ओझा
    नागरिकलाई साँचो अर्थमा सार्वभौम सत्ता सम्पन्न नबनाईकन लोकतन्त्र सबल र कामयाबी हुदैन। वर्तमानमा नागरिक सार्वभौमसत्ता सम्पन्न भएतापनि मूलरुपमा सिमीत र औपचारीक लोकतन्त्र भएका कारण हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन ले धन,बल, संगठन, सत्ता र शक्ति भएकाहरुलाई राज्ययन्त्रमा हाबी हुने बनाएको छ। नयाँ शक्ति पार्टी नेपालले राष्ट्रिय मान्यता प्राप्त पार्टी सम्मको आकार गर्न सकेको छैन। यसबाट अबको बाटो के हुन्छ ? भनेर नयाँ शक्ति पार्टी नेपाल का तमाम शुभचिन्तक हरुले कानेखुशी गरेको र संयोजन डा. बाबुराम भट्टराईको सल्लाह पर्खिरहेका पाइन्छन् ।
    यतिबेला हरेक नयाँ शक्ति पार्टी नेपालका सदस्यहरुले डा.भट्टराईको जवाफ मात्रै सुन्ने भन्दापनि आफूलाई लागेको सहि सुझाब पनि डा. भट्टराईलाई दिदा राम्रो होला जस्तो लागेको छ।
    समतामूलक समृद्धी समावेशी र समानुपातिक सहभागितामूलक लोकतन्त्र, सुशासन र सदाचार, स्वाधीन सार्वभौम सत्ता र समुन्नत समाजवाद नयाँ शक्ति पार्टी नेपालका आधारभूत नीति, कार्यक्रम र कार्यदिशा आफैंमा सुन्दर र उपयुक्त छन् । तर हामिले नेपालको राजनीति प्रणाली र अर्थतन्त्र को ढाँचा दुबै हिसाबले नयाँ मोडलको खोजी र बिकास गर्नुपर्ने भन्दै पार्टीको चरित्र जुन बाम–लोकतान्त्रिक बनाएका थियौ त्यही निर हाम्रो त्रुटि भएको छ । किनकी नेपाल एक फरक देशको रुपमा यसका आफ्नै विशेषताहरु रहेतापनि हामिले आफ्नो भूराजनीतिक विशिष्टताको हेक्का गर्दै बिश्व संन्दर्भका विशिष्टता र परम्पराको प्रभावबारे वेवास्ता गर्नु कतै हाम्रो कमजोरी त रहेन ? गम्भिर भएर सोच्नै पर्ने अवस्था बनेको छ ।
    पार्टीका श्रद्धेय संयोजक डा. बाबुराम भट्टराई आफैंमा एक महान् विद्वान् हुनुहुन्छ । तर संगठन परिचालनमाका संन्दर्भमा सधै डा.भट्टराईले चाहेको जस्तो नहुँदो रहेछ । र भएन पनि । बिगतमा कतिपय जिल्लामा क्रियाशील कमिटी हुँदाहुँदै ति कमिटीलाई भंग गरेर पुराना कमिटीलाई कुनै जानकारी नै नदिई नयाँ कमिटी निर्माण गर्ने र त्यसैलाई आधिकारिकता दिने काम भयोे । जसले गर्दा न त पुराना कमिटीका सदस्यहरु पार्टीमा अटे न त नयाँ कमिटीका सदस्यहरु नै पार्टीमा टिके । यसबाहेक पार्टीको जिल्ला कमिटीलाई जानकारी समेत नदिई सम्बन्धित जिल्लाका बिभिन्न किसिमका ब्यक्ति लाई पार्टी केन्द्र र प्रदेश मा राखियो । जस्लाई सांगठनिक त्रुटि थियो अब यस्लाई एक शिक्षाका रुपमा ग्रहण गर्नु पर्ने हुन्छ ।
    पार्टी नै राष्ट्रिय पार्टी नबनेपछि देश र जनताको प्रगति, उन्नति, खुसी आदिका लागि आफ्नो असली घर छान्ने वा नयाँ ढंगले निर्माण गर्ने जिम्मेवारी हाम्रो काधमा थपिएको छ। बिश्व जनमत लोकतन्त्रको साथमा उभिएको छ। नेपाल एक गरिब मुलुक हो । यहाँ प्रबिधी भिœयाउनका लागि पनि बिदेशी पूँजी भिœयाउन जरुरी छ। कुनैपनी पूँजीपतिले तबमात्र अर्काको देशमा गएर पूँजी लगानी गर्दछ, जब उस्ले आफ्नो पूँजी को सुरक्षा देख्दछ । लगानिकर्ताले पनि लोकतान्त्रिक मुलुकमा मात्र आफ्नो लगानी सुरक्षित ठान्दछन्।
    यदि हामी साच्चै देशलाई आर्थिक बिकास र समृद्धीको बाटोमा अगाढी बढाउन चाहन्छौ ? नेपालमै कलकारखाना–उद्योगधन्दा खोलेर बिदेशिएका दाजु भाइ, दिदी–बहिनी हरुलाई स्वदेश मै रोजगारीको ब्यबस्था गर्न चाहन्छौ र जलश्रोत आदि प्राकृतिक श्रोत साधन को समुचित उपयोग गर्न योग्य बन्न चाहन्छौ ?, भने लोकतान्त्रिक शक्तिको नेतृत्वमा मात्र त्यो संभव छ।
    त्यसका लागि महामानव बि.पी. कोईरालाले परिकल्पना सहित निर्माण गरेको नेपाली कांग्रेस लाई बैचारिक रुप नै रुपान्तरण गरेर अगाडी बढाउन सकिन्छ भन्नेमा कुनै शंका छैन । किनकी विगत प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कैंयौं जिल्लामा नयाँ शक्तिले कांग्रेससंगको गठबन्धनले नयाँ शक्ति र नेपाली कांग्रेसलाई भावनात्मक र वैचारीक दुबै दृष्टिले नजिक पु¥याईदिएको छ।
    यदि बैकल्पिक शक्ति नै बनाएर अगाडि बढ्ने हो भने पनि सांगठनिक रुपमा विगतमा भएका कमजोरीबाट शिक्षा लिँदै विवेकशील साझा पार्टीसंग एकता गरेर वा एक्लै पनि अगाडि बढ्न सकिन्छ । वैचारिक रुपमा अब लोकतान्त्रिक शब्द मात्रै राखे पुग्छ । किनकी कम्युनिष्ट पार्टीमा लागेकालाई पार्टीमा भिœयाउन सकिदैन कि भन्ने सोच त्यागेर अगाडी बढ्ने साहस गर्नैपर्छ । हामी प्रत्यक्ष उदाहरण छौ जीवनभर कम्युनिष्ट राजनीतिमा लागेर लोकतन्त्रको वकालत गरिरहेका छौ।
    कांग्रेससंग वा विवेकशील साझासंग एकता यदि असम्भव भयो भने एक्लै नयाँ शक्ति पार्टी नेपाललाई अझै बलियो संगठन बनाउदै नयाँ उचाईमा पु¥याउने साहस नयाँ शक्ति पार्टी नेपालका हरेक सदस्यले गर्नुपर्ने हुन्छ । तर अब वामपन्थीहरुसंग एकता गर्नु पार्टीलाइ ब्याक गेयरमा लैजानु मात्र हुनेछ ।
Loading...