बाबुरामलाइ कांग्रेशले पनि लात हान्यो , गोरखामा बाबुरामलाई उठ्न नदिने

92

एनपिएल न्युज कार्तिक २ काठमाडौं : एमाले–माओवादीको वामपन्थी गठबन्धनबाट छुट्टीएर कांग्रेससंग तालमेल गर्ने निर्णय गरेका नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराई झन अप्ठेरोमा परेका छन् । कांग्रेसले पनि उनलाई शरण दिने भनेर वाम कित्ताबाट अलग गरेर धोका दिएको छ । अब उनी यता न उताका भएका छन् । 

बाबुरामले गृहजिल्ला गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचन लड्न नपाइने भन्दै वामपन्थी गठवन्धन छाडेका थिए । कांग्रेससँग तालमेल गर्दा पनि उनले गोरखाको २ नम्बर क्षेत्रबाट चुनाव लड्न पाउने संभावना कम हुँदै गएको छ ।

नेपाली कांग्रेसका दुईजना केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे र कमला पन्त गोरखा २ को टिकटका लागि प्रतिस्पर्धामा छन् । यस्तै नेता अब्दुल सतार, चेतमान श्रेष्ठ र राजनदेव भट्ट पनि गोरखा २ बाट चुनाव लड्न टिकटका लागि लबिङमा छन् । कांग्रेस जिल्ला समितिले ५ जनाकै नाम केन्द्रमा सिफारिस गरिसकेको छ ।

कांग्रेसभित्र गोरखा २ बाट चुनाव लड्ने प्रत्यासीहरु बढी भएपछि बाबुरामका लागि कांग्रेससँगको तालमेल पनि फलदायी नहुने संभावना बढ्दै गएको छ । एमाले–माओवादीले ‘हेपेका’ व्यक्तिलाई कांग्रेसले कुनैपनि हालतमा टिकट दिन नहुने गोरखाबाट प्रतिनिधित्व गर्ने कांग्रेसका नेताको अडान छ ।

वाम गठवन्धन गर्दा बाबुरामले कांग्रेसको कडा आलोचना गरेकाले पनि कांग्रेसका धेरै नेता उनीसँग चिढिएका छन् । ‘आफ्नो स्वार्थका लागि जोसँग पनि मिल्न खोज्ने व्यक्तिलाई किकट दिएर कांग्रेसलाई घाटा मात्रै हुन्छ,’ गोरखा– २ बाट चुनाव लड्ने टिकटको लबिङमा रहेका एक कांग्रेस नेताले भने, ‘गोरखामा बाबुरामजीको अवस्था त्यति राम्रो पनि छैन । कांग्रेस समर्थकले उहाँलाई मतदान गर्दैनन् । उहाँका समर्थकले पनि कांग्रेसका उम्मेदवारलाई मतदान गर्दैनन् ।’

Loading...