प्रमुख दलले गुण्डालाई टिकट दिन थाले पछि राजपाले पनि लक्ष्मणलाइ जेलबाटै भित्र्यायो

117

टीकापुर घटनाका आरोपी लक्ष्मण थारु जेलबाटै राजपा प्रवेश
एनपिएल न्युज २ कात्तिक, कैलाली : टीकापुर घटनाको आरोपमा जेल जीवन विताइरहेका लक्ष्मण थारुसहित ३ जना राजपा पार्टीमा प्रवेश गरेका छन् । 
बिहीबार राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले कैलाली कारागारमै पुगेर लक्ष्मण थारु, विर बहादुर चौधरी र विश्राम चौधरीलाई पार्टी प्रवेश गराएका हुन् । माओवादी पूर्वलडाकू लक्ष्मण थारुले फोरम लोकतान्त्रिकले समेत धोका दिएपछि राजपा प्रवेश गरेको बताए । ०६४ सालबाट राजेन्द्र महतोको सम्पर्कमा रहेको बताउँदै उनले राजपा पार्टीमा प्रवेश गरेको बताए । उनले यसबाट कुनै पनि समुदाय, खासगरी थारु, सशंकित हुन आवश्यक नभएको बताए ।

सोही अवसरमा टीकापुर घटनाका आरोपित कैदीहरुले टीकापुर घटनाको राज्यले सत्यतथ्य पत्ता लगाउन नसकेको बताए ।टीकापुर घटनामा पक्राउ परेकाहरुसँग तत्कालिन फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारले टीकापुर घटना राजनैतिक कारणले भएको र पक्राउ परेकाहरु सबै निर्दाेष रहेको बताउँदै नआत्तिन भने पनि अन्तिममा धोका दिएकाले राजपा पार्टी प्रवेश गरेको उनीहरुले बताएका छन् ।

टीकापुर घटनाका नाममा सोझासाझा थारुलाई राज्यले फसाएको राजपाका नेता राजेन्द्र महतोले आरोप लगाए । टीकापुर घटनाका बन्दीहरुको रिहाइका लागि पहल भैरहेको समेत उनले बताए ।महतोले थारुहरुले आफ्नो अधिकारका लागि थालेको आन्दोलनमा सहकार्य गर्ने थारुका अधिकारका लागि लड्ने पनि बताए ।अनलाइन खबर बाट साभार

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...