अन्तिम समयमा फेरियो माओवादीको निर्णय, सरकारबाट नबाहिरिने

72

एनपिएल न्युज काठमाडौं, असोज ३१ : नेकपा माआवादी केन्द्र तत्काल सरकारबाट नबाहिरिने भएको छ । गृहमन्त्री जनादर्न शर्माले सरकारबाट बाहिरिने अन्तिम तयारी गरिरहेका बेला प्रधानमन्त्रीले चुनाव सार्ने तयारी गरेपछि चुनाव सुनिश्चित नहुँदासम्म सरकारबाट नबाहिरिने निर्णयमा पुगेको जानकारी दिनुभयो । 

सरकारबाट बाहिरिने सबै तयारी पूरा भएर अन्तिम समयमा पुगेका बेला सरकारले चुनाव सार्दै छ भन्ने सूचना पाएकाले आफूहरु सरकारमै रहिरहेर चुनाव निश्चित गर्ने गृहमन्त्री शर्माले बताउनुभयो । सरकारबाट बाहिरिने पत्रसमेत देखाउँदै उहाँले भन्नुभयो, ‘हामी प्रदेश र प्रतिनिधिसभाको चुनाव गराउनका लागि पनि सरकारमै बस्नुपर्ने निर्णयमा पुगेका हौँ ।’

यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई यसको जानकारी गराउने तयारी गरिरहेका बेला प्रधानमन्त्रीले चुनाव सार्ने तयारी गरिरहेको सूचना पाएको उहाँले दावी गर्नुभयो । विपक्षी दल एमालेसँग गठबन्धन गर्ने घोषणा गरेपछि माओवादी केन्द्र र मुख्य सत्तारुढ घटक नेपाली कांग्रेसबिच दुरी बढेको छ ।

Loading...