‘दाम्लो चुडलेर हरियो घास खान गएको गाइ फिर्ता हुने सम्भाबना ‘ , के गर्ला सितलनिबास ?

39

एनपिएल न्युज काठमान्डौ असोज २८ : प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार गरेको सरकार विस्तारबारे छलफल गर्न निर्वाचन आयोगका पदाधिकारी र सचिवसमेतको टोली शीतलनिवास पुगेको छ । सरकार विस्तार आचारसंहिता विपरीत भएको भन्दै राष्ट्रपति कार्यालयले सपथ ग्रहणको समय सरकारलाई उपलब्ध गराएको छैन । र, यसबारेमा राष्ट्रपतिले आयोगको धारणा बुझेपछि निर्णय लिने बताइएको छ ।सरकार विस्तार कार्यलाई निर्वाचन आयोगले आचारसंहिता विपरीत कार्य बताउँदै आएको छ । तर, सपथग्रहण कार्यक्रम नै रोक्ने या नरोक्ने भन्नेबारेमा आयोगले कुनै निर्णय दिन सकेको छैन ।

यसैवीच शीतलनिवास जानूपूर्व निर्वाचन आयोगमा प्रमुख आयुक्त र आयुक्तहरुले आन्तरिक छलफल गरेका थिए । सो छलफलपछि आयोगकमा पदाधिकारीहरु शीतलनिवास गएका हुन् । कमल थापा लगायत राप्रपा नेताहरुको सपथ ग्रहण रोक्न आयोगले सल्लाह दिन्छ या सपथ ग्रहणका लागि बाटो खोलिदिन्छ भन्नेबारे सर्वत्र चासोका साथ हेरिएको छ । राष्ट्रपतिसँगको छलफल सकिएपछि आयोगले आफ्नो धारणा सार्वजनिक गर्ने बताइएको छ ।

Loading...