इमान गुमाउँदै राजनीति

39

एनपिएल न्युज काठमाडौं, २८ असोज : एमालेले गुन्डा नाइकेका रूपमा चिनिने दीपक मनाङे (राजीव गुरुङ) लाई प्रदेशसभा सदस्यको उम्मेदवार सिफारिस गरेपछि पूर्व अर्थसचिव रामेश्वर खनालले व्यङग्यात्मक टिवट गरे, ‘नेपाली बामपन्थी आन्दोलनका अग्रणी नेता, द्वन्द्वात्मक भौतिकबादका प्रखर व्याख्याता मनाङबाट प्रदेशसभा निर्वाचनमा सर्वसम्मत उम्मेदवार सिफारिस ।’

स्थानीय तहको पहिलो चरण निर्वाचनअघि काठमाडौं प्रहरीले गुण्डा पृष्ठभूमीका केही व्यक्तीलाई पक्राउ गर्‍यो । त्यही हुलमा थिए– लामो समयदेखि गुण्डागर्दी, अवैध असुली र अकुत सम्पत्ती आर्जनको आरोप झेलेका मनाङे पनि । उनलाई जिल्ला प्रशासनंले ५ दिन थुनामा राख्न अनुमती दिएको थियो । स्थानिय तहको चुनाव सकिएलगत्तै आएको प्रदेशस्तरीय निर्वाचनमा अन्ततस् उनै मनाङे उम्मेवार हुने तरखरमा छन् ।

काठमाडौं प्रहरी परिसरका तत्कालीन प्रमुख रमेश खरेलले उनलाई अवैध असुली र गुण्डागर्दीको आरोपमा पक्राउ गरेका थिए । त्यसयता काठमाडौं परिसरका प्रत्येक नयाँ प्रमुखले उनलाई पक्राउ गर्ने गरेका छन् । आपराधिक गतिविधी संचालन गर्दै अकुत सम्पत्ती आर्जन गरेको आरोपमा उनले सम्पत्ती शुद्धीकरण मुद्धा पनि खेपेका थिए ।

सम्पत्ती शुद्धिकरण विभागले उनीमाथी झण्डै १५ करोड अकुत सम्पत्ती आर्जन गरेको दाबी सहितको मुद्धा विशेष अदातलमा पेश गरेको थियो । २०७३ असार दोस्रो साता बिशेष अदालतका कर्मचारीलाई धम्की दिएको आरोपमा पक्राउ परेका उनलाई गत भदौमा अकुत सम्पत्ती आर्जनको मुद्धामा बिशेष अदालतले नै सफाइ दियो । आजको कान्तिपुरमा खबर छ ।

Loading...