सरकारबारे माओवादी केन्द्रले आज निर्णय गर्दै

34

एनपिएल न्युज असोज २८ काठमान्डौ : सरकारमा रहिरहने वा राजीनामा दिने विषयमा निर्णय गर्न आज माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठक बस्दै छ । मन्त्रीसहितका नेताहरूको सुझाबपछि अध्यक्ष पुष्पकमल दाहालले पार्टीको धारणा सार्वजनिक गर्नुहुने प्रवक्ता पम्फा भूषालले जानकारी दिनुभयो । मन्त्रीहरूले नैतिक प्रश्न उठ्ने देखिएमा आज वा भोलि बिहानसम्म राजीनामा दिने मनस्थिति बनाएका छन् । माओवादीले सरकारमा भए वा नभए पनि निर्वाचन सार्न नमिल्ने पहिलो सर्त अघि सारेको प्रवक्ता भूषालले बताउनुभयो ।

Loading...