चितवन जिसस प्रमुखमा एमालेका कृष्णकुमार विजयी , माओबादीको ३ भोट एमालेमा !

45

एनपिएल न्युज चितवन असोज २५ : चितवन जिल्ला समन्वय समितिको चुनावमा नेकपा एमालेका कृष्णकुमार डल्लाकोटी निर्वाचित भएका छन् । उनले कांग्रेस उम्मेदवार भरत अधिकारीलाई ८ मत अन्तरले हराए ।डल्लाकोटीले ११ र अधिकारीले ३ मत पाएका छन् । जिससको चुनावमा एमाले उम्मेदवारलाई माओवादी केन्द्रले समर्थन गरेको थियो । स्थानीय चुनावमा भने माओवादीले नेपाली कांग्रेससँग तालमेल गरेको थियो । वाम गठबन्धन गर्दै पार्टी एकता गर्ने निर्णय गरेका एमाले र माओवादीले त्यसको प्रारम्भिक सुरुवात चितवन जिससबाट गरेका छन् ।

Loading...