बाम गठबन्धनलाइ बदनाम गराउन देउवाले मङ्सिर १० को चुनाब सार्दै

46

एनपिएल न्युज काठमाडाैं, २५ असाेज : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले मंसिर १० गतेको निर्वाचन सर्न सक्ने संकेत गर्नुभएको छ । आज राजधानीमा आयोजित साक्षात्कारमा मन्त्री थापाले विकसित राजनीतिक अवस्थाका कारण मंसिर १० गते तोकिएको निर्वाचन मंसिर २१ गते सर्नसक्ने जनाएका हुन् ।

उहाँले निर्वाचन हुने नहुनेमा शंका गर्नु भन्दा पनि निर्वाचनको लागि सरकारका गतिविधिलाई साथ दिन प्रतिपक्षलाई आग्रह गर्नुभएको छ ।स्थानीय तहको निर्वाचनका बेला पाएको जनमतको आधारमा लोकतान्त्रिक गठबन्धन बन्न लागेको मन्त्री थापाले बताउनुभयो । वाम एकता देखेर काँग्रेस टसको मस नभएको समेत उहाँले दाबी गर्नु भयाे ।

Loading...