मुलुकको तेस्रो शंक्ति बन्ने दाउमा उपेन्द्र यादब : कांग्रेश संग चुनाबी तालमेल मात्र

46

एनपिएल न्युज काठमाडाै‌, असोज २० : संघीय समाजवादी फोरम नेपालले प्रदेश र प्रतिनिधि सभाको चुनावमा दलहरुसँग चुनावी तालमेल मात्र गर्ने तयारी गरेको छ । सुरुमा कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमै सहभागी हुने निर्णयमा हस्ताक्षर गरे पनि समाजवादी फोरमले गठबन्धनमै समावेश नहुने तर चुनावी तालमेल भने गर्ने तयारी गरेको हो । पार्टीका माथिल्लो तहका एक नेताका अनुसार गठबन्धन नै बनाएर जान विचार, एजेण्डा र सिद्धान्त पनि मिल्नुपर्ने, तर अहिले देखिएका दुवै गठबन्धनसँग त्यो मिल्ने सम्भावना नभएकाले चुनावमा मात्र तालमेल गर्ने तयारी गरिएको हो । 

वाम दलसँग निकट मानिने भएपनि समाजवादी फोरमले एमाले र माओवादीको गठबन्धनसँग तालमेल नगर्ने भएको छ । ती नेताका अनुसार एमाले संविधान संशोधनका लागि तयार नभएकाले अहिले कांग्रेस नेतृत्वकै गठबन्धनमा सहभागी हुने सम्भावना धेरै छ । यसका लागि कांग्रेससहित ६ दलका प्रतिनिधि रहेको कार्यदलले आवश्यक गृहकार्य गरिरहेको छ ।

कार्यदलमा समाजवादी फोरमका रामसहाय यादव सदस्य छन् । तर त्यो गठबन्धनमा मधेश केन्द्रित सबै दल रहेकाले केही समस्या हुन सक्ने भन्दै केही नेताहरुले भने वाम दलहरुसँगै चुनावी तालमेल गर्नुपर्नेमा पनि जोड दिइरहेका छन् । दुवै गठबन्धनमा समाहित हुँदा स्वतन्त्र अस्तित्व देखाउन मुश्किल पर्ने भएकाले चुनावी तालमेल मात्र गर्ने र चुनावपछि तेश्रो शक्ति बन्ने फोरम नेपालको योजना रहेको ती नेताले बताए ।

Loading...