मन नदुखाए हुन्छ प्रकाश सपुत तिमि कामी नै हौं !

रामबहादुर सुनार-
‘गलबन्धि च्यातियो तिम्ले तानेर बोलाउन खोजेको आफ्नै ठानेर’ । बोलको गीतबाट एकाएक चर्चाको शिखरमा पुगेका प्रकाश सपुतलाई सर्वप्रथम हार्दिक बधाई । साथै निरन्तरताको शुभकामना । यस गीतको चर्चा परिचर्चासंगै केही विबादहरु पनी चर्चामानै रहे म पनी एक संगितप्रेमी भएकाले उनका गीतहरु सुन्ने स्रोता र फ्यान पनी हूँ ।
एउटा दलित समुदायको सम्पती प्रकाश सपुतको चर्चा परिचर्चाले उन जती खुशी थिए त्यो भन्दा बढी नेपालीसमाजका दलितहरुपनी थिए । तर त्यो चर्चा परिचर्चा संगै समाजलाई विभिन्न ध्रुबमा विभाजन गर्ने काम ग¥यो । विशेष गरि दलित र गैरदलितको विचको ध्रुविकरणले यतीबेला नेपालीसमाज तातेको छ । त्यतीमात्र हैन् लामोसमय देखि नेपालीसमाजका दलितहरुले गर्दै आएको दलित भन्ने कि नभन्ने भन्ने विषयको बहस पनी सतहमा आएको छ ।
स्वाभिमान र आत्मसम्मानको विषय

प्रकाश सपुतको ‘गलबन्धि च्यातियो तिम्ले तानेर बोलाउन खोजेको आफ्नै ठानेर’ बोलको गीतले लोकप्रीयता प्रात गरेसंगै गाएक शम्भु राईले आफ्नो गीतको कपीगरेको भन्दै त्यसलाई विवादमा ल्याउने कामगरे । जुन विषयलाई लिएर सामाजिक संजालहरुमा केही उश्रृखल जथ्थाहरुले जातीय सद्भाब भट्काउने किसिमले विभिन्न अपमानीत र सामप्रदायिक किसिमबाट प्रचारबाजिमा लागे त्यसले प्रकाश सपुत र सम्भु राईको मात्र विषयरहेन समग्रदलितहरुनै यो आफ्नो सभिमान र आत्मसम्मानको विषयबनाएर लाग्नथाले । जसले सदन, सडक र सामाजिक संजाल एकैसाथ तातेको छ । तर दुर्भाग्य न दलित आन्दोलनसम्म आईपुगेको छ न आदिबासी जनजाती आन्दोलनसम्म यि दुबै आन्दोलनले चासो नदिईरहेको अबस्थामा हाम्रो एकता भित्रको अनेकताको धमिलोपानीमा माछामार्ने दर्जनौं प्रयासहरु सुरुभएका छन् । त्यही अबसरपारेर केही दलित अभियान्तहरुपनी आन्दोलित भईरहेका छन् ।
त्यसपछी सपुत प्रकाश वि.क भनेर सबैले चिने

श्रष्टा शम्भु राई र प्रकाश सपुत विचको विवाद चुलिदै जादा सपुत कमजोर बन्दै गए त्यहीबेला केही उश्रृखल जथ्थाले सपुतलाई हो्ईन सिंगो दलित समुदाएको रगत उमाल्नेगरि सामाजिक संजालको दुरुपयोग गरे जसले सिंगो दलितन समुदाएलाई उदेलित÷आन्दोलित बनायो । त्यही सेन्टीमेन्ट क्यासगदै सपुत विश्वकर्मा बने ।

किन लुकाउछन् दलितहरु आफ्नो पहिचाहान ?

नेपाली समाजमा दलित समुदायका थुप्रै प्रतिभाहरु छन् । जसले विभिन्न क्षेत्रमा आफ्नो पहिचाहान बनाएका मात्र छैनान् आफुलाई अब्बल नै सावित गरेका छन् । राजनीतिज्ञ, साहित्यकार लेखक विश्वभक्त दुलाल ‘आहूति’ देखि कलाकार लोकगाएक, मोडल, संगितकार प्रकाश सपुत सम्म आफुलाई दलित भन्न नरुचाउनेमा पर्छन् । जब अबसर पाउने अबस्था हुन्छ, जतिवेला आफुलाई असहजहुन्छ र दलित भन्दा सहजहुन्छ त्यतीवेला म पनि दलितै हूँ, मेरोपक्षमा कोही बोलेन केही गरेन भन्दै गुनासो गर्छन् । यसरी ‘ताक परे तिवारी नत्र गोतामे’ भनेजस्तो ब्यबहारले यो अभियानमा सहयोग हैन असहयोग भएको छ ।
राम्रो काम गर्दा दलितहरु सधै अपमानीत हुनुपर्ने हैन् त्यसको एउटै उदाहरण नेपालका क्रिकेट खेलाडी सोमपाल कामी लाई हेरौं, नेपाल आईडल सिजन –२ का विजेता प्रकाश दाशलाई हेरौं दाश भएर उन अपमानीत हुनु परेको काँहा छ ? कामी भएकाले सोमपाललाई काँहा ब्यज्वत गरिएको छ बरु ‘सोमपाल कामी सारै दामी’ भन्दै नारा जुलुसमा भिड रुपान्तरण भएको हामीले देखेका छौं ।

दलित भन्ने कि नभन्ने भन्ने बारेको बहस्

नेपाली समाजका दलित विद्वानहरु दलित भन्ने कि नभन्ने भन्ने बहसमा तल्लीन छ । त्यसो त दलित भनिएकै कारण हामी पछाडी परिएको÷पारिएको भन्नेहरुपनी प्रस्सत छन् । यस पंतीकारको विचारमा के दलित भनिएकै कारण आजसम्म छुवाछुत रहिरहेको हो ? दलित भन्दा छुवाछुत रहिरहने र दलित शब्द हटाउनाको साथ विभेदको अन्त्य भईहाल्ने हो ? दलित आन्दोलनले स्थापित गर्न खोजेको नजिर दलित शब्दको अन्त्य हो कि दलित भनियरै पनि आत्मसम्मानको साथ बाँच्न पाउने अधिकारको सुनिश्चितता हो ?
दलित शब्द हटाउनु पर्छ भन्नु भन्दा पहिले यो प्रश्नहरुको जबाफ खोज्नुपर्दछ ईन्डियामा भएको आईईएल मा सफलता पाएर फर्कदा यरपोर्टमा ‘सोमपाल कामी सारै दामी’ भन्दै नारा लाउदा कामी शब्द प्रयोग गर्दा त्याहा दलित भनियो भन्ने आभाष काँहा भयो ? नेपाल आईडल सिजन– २ मा प्रकाश दाश प्रथम भईरहदा दाश, दलित हो भन्दा कस्ले चित्त दुखायो यसले दलित समुदायको छात्ती फुलाएकै थियो नी हैन ? यो केही नजीर मात्र हो ता कि दलित भन्दा पनी उनिहरुलाई ईज्वत सम्मानमा काहा कमी भयो ? उनिहरुको राम्रो कामको पंशसा गर्न कस्ले कन्जुसाईगर्यो ? को चुक्यो ? हो दलित आन्दोलनको मत्सत यहि हो ता कि कमी भनियो कि भनिएन, दमाई भनियो कि भनिएन वा दलित भनियो कि भनिएन यो ठूलो कुरा हैन् उसले संमानित जीवन जिउन पाउने अधिकारकाने सुनिश्चितता भयो कि भएन भन्ने कुरा ठूलो हो त्यसैले दलित भएरै पनी सम्मानीत जीबन जीउने अधिकारको सुनिश्चितता खोज्नु पर्छ । यो दलित आन्दोलनको मर्म हो ।
ल अब दलित शब्द हटाईयो, के दलितहरुको समस्या समाधान भईहाल्छ ? उच्च भनिनेहरुको घरमा पन्स पाईहालिन्छ ? के उनिहरु आफ्नो चेलि दिन वा हाम्रा चेली संग विवहा गर्न तयार भईहाल्छन ? धारा, कुवा, पधेरा, चोक, चौतारिमा हुने विभेदको अन्त्य भईहाल्छ ? मन्दिर पस्न छुट भईहाल्छ ? काहीकतै विभेद गरिदैन ? भोली देखिनै एकाएक समानता आईहाल्छ ? सामाजिक संस्कृतिक आन्दोलनको जरुरी पदैन ? राजनीतिमा दलितहरुलाई माथी पुगिहाल्छन ? एकाएक मन्त्री संसद, भईहाल्छन् ? कर्माचारिमा दलितहरुले प्रसस्त अबसर पाईहाल्छन ? उनिहरुले राजनीतिक , सामाजिक, आर्थीक, शैशिक लगाएतको अबसर पाईहाल्छन् । उनिहरुले कहिले आन्दोलन गर्नु पर्दैन ? दलित शब्द हटाउनु भन्दा पहिले यि प्रश्नहरको जबाफ खोज्नु पर्दछ ।
मेरो विचारमा यो शब्द हटाउने हैन् यसको संरक्षण गर्नुपर्दछ । यहि शब्दको नाममा एकिकित र संगठीत भएको आन्दोलन दलित शब्द हटाउने हो भने झन् उत्पीडित उपेक्षी वर्गको आन्दोलन कमजोर बन्दै जाने छ । यसलाई संगठीत र एकिकृत गरेर सबै उत्पीडित उपेक्षीतलाई आन्दोलीत बनाउन सक्नु पर्छ ता कि यस समाजका विभिन्न खाले विभेदको अन्त्य गर्न सकोस् ।
अन्त्यमा…

प्रकाश सपुतलाई कामी भनियो, उ माथी हेला होचो गरियो यो ब्यबहार प्रति खेद छ । तर यसो भने भन्दैमा कसैले मन दुखाउनु पदैन् । दलित आन्दोलनलाई सफल बनाउनु जबरजस्त केहीगर्नै पर्दछ । प्रकाश सपुतलाई कामी भनेर मन दुखाउनेले उनले आफुलाई कामी वा दलित नै हूँ भन्न नरुचाउदा मन दुखाउनु पर्छ कि पर्दैन ? मलाई ब्यक्ति गत रुपमा कामी भन्दा जती मन दुखेको छ त्यो भन्दा बढी उनले आफुको जात नबताउदा मन दुखेको छ ।
दलित समुदायलाई विभिन्न खाले विभेदबाट मुत्ततगर्न जबरजस्त गर्न आबश्यकता छ । त्यसै मध्य प्रकाश सपुतले नचाहेरै पनी यो समाजलाई अझ भर्नौ यो आन्दोलनलाई सहयोग गरेका छन् । उनलाई हेला होचो गर्दा यो अभियानलाई सहयोग पुगेको छ । आखिर उनले सपुत भनेर नाम कमाईरहदा खुशी हुनेहरुले ढीला चाडो उन कामी हुन भन्ने थाहापाउदा ओठ लेप्राउने नै थिए र त्यसो गरेकै थिए । आज यो सतहमा आयो परिनाम जे भयो ठीकै भएको छ । कामी भित्र पनी यती राम्रो प्रतिभा रहेछ भन्दा हामी दलितहरुको छात्ती फुलेको छ । त्यसैले पनी मन नदुखायहुन्छ प्रकाश सपुत तिमि कामी नै हौं !