स्थानीय तह चुनाब : भरतपुर- ६ मा कांग्रेशको घरदैलो अभियान तिब्र

98

शिव शर्मा – भरतपुर बैसाख १७ : स्थानीय तह चुनाब आउन अब मात्र १४ दिन बाकि छ । चितवनमा विभिन्न पार्टीद्वारा नजिकिएको स्थानीय तहको चुनाबलाइ लिएर चुनाबी प्रचार प्रसार अभियान तिब्र भएको छ । भरतपुर महानगरपालिका ६ को वडा अध्यक्ष सहितको टुंगो लागे पछि संसदको ठुलो दल नेपाली कांग्रेस पनि घर दैलो अभियानलाइ तिब्रता दिएको छ ।
आज नेपाली कांग्रेसको घर दैलो अभियान भरतपुर ६ चोकबजार बाट सुरु भएर बुद्द चोक हुदै इन्द्रपुरी पुगेर सभामा परिणत भएको छ । सो घर दैलो अभियान मा नेपाली कांग्रेश वडा न ६ का अध्यक्षका उम्मेदवार हरिबिलास कोइराला सहित महिला सदस्य आइतीमाया राना मगर , दलित महिला सदस्य शर्मिला परियार , वडा सदस्य बाबुराम न्यौपाने र देभ मित्र पण्डित सहित सयौ कार्यकर्ता उपस्थित थिए । घरदैलो कार्यक्रममा वडा अध्यक्षका उम्मेदवार हरिबिलास कोइरालाले आफुले वडा लाइ सुन्दर र सम्बृद वडा बनाउदै प्राप्त अधिकारलाइ सस्थागत गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भयो । उहाले वडा न ६ का नगरबासीको आफु प्रतिको सद्भावले यहाको बिकाश गर्न हौसला  मिलेको बताउनु भयो । उहाले वडा न ६ मा आफुलाई जिताउन कांग्रेशको रुख मा मतदान गर्न आग्रह गर्नु भयो ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...