राप्रपाबाट भरतपुरको मेयरमा बद्रि तिमिल्सिनाको उम्मेदवार पक्का

98

एनपिएल न्युज १२ बैशाख, चितवन : राप्रपाले भरतपुर महानगरपालिकाको मेयर पदको निर्वाचनमा जिल्ला अध्यक्ष बद्रि तिमल्सिनालाई उठाउने भएको छ । राप्रपा जिल्ला समितिले अध्यक्ष तिमल्सिनालाई मेयरको उम्मेदवार बनाउने गरी नाम केन्द्रमा सिफारिस गरेको हो । तत्कालिन राप्रपा नेपालका जिल्ला अध्यक्ष रहेका तिमल्सिना पार्टी एकता अधिवेशनपछि राप्रपाको जिल्ला अध्यक्ष भएका हुन् । तिमल्सिनासँगै महानगर समितिका संयोजक विष्णु प्रसाद खरालको नाम पनि मेयरका लागि सिफारिस भएपनि खरालले नउठ्ने बताएपछि तिमिल्सिनाको उम्मेदवारी पक्का भएको हो ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...