स्थानीय तह निर्बाचनका लागी डोटीमा, माओवादीबाट को–को छन् चर्चामा

91

पवन महरा डोटी १० चैत्र : आसन्न स्थानीत तहको निर्वाचनको सरगर्मी शुरु भैसकेको छ । अहिले हरेक जमघट, चियागफ तथा छलफलहरुमा स्थानीय तहको निर्वाचनकै चर्चा सर्बैभन्दा बढी भैरहेको छ ।

त्यस्ता छलफलहरुमा बिभिन्न पार्र्टीहरुका सम्भावित उम्मेदबारहरुको नाम र उनीहरुको जित्ने आधारहरुका बिषयमा छलफल भैरहेको छ ।

यस्ता छलफलहरुमा बढी चर्चा प्रमूख तीन दलकै भैरहेको छ । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओबादी केन्द्र)का नेताहरुको बिषयमा बढी चर्चा छ । नेपाली कांग्रेस र नेकपा एमाले बृत्तमा अत्याधिक आकांक्षीहरु देखिएका छन् । तर, माओबादी केन्द्रमा कमै आकांक्षी देखिएपनि सम्भावित उम्मेदबारहरुको बिषयमा भने चर्चा उत्तिकै छ । तुलनात्मक रुपमा कमजोर आँकिए पनि माओबादी केही स्थानीय तहमा भने आफ्नो जित सुनिश्चित रहेको दाबी गर्छ । सोही अनुसार ‘जित्ने’ उमेदवारहरु अघि सार्ने तयारी गरिरहेको छ । जसक्रममा ठुलो संख्यामा रहेका केन्द्रिय सम्मेलन आयोजक समिति सदस्य(केन्द्रिय सदस्य) हरुमध्ये डोटीका स्थानीय निकायको अध्यक्ष ÷प्रमूखमा पनि केहीको नाम चर्चामा आईरहेको छ ।

जसमध्ये बडिकेदार गाउँपालिकामा केन्दिय सम्मेलन आयोजक समिति सदस्य समेत रहेका जिल्ला सम्मेलन आयोजक समिति संयोजक जंग बिक‘शैलेन्द्र’ को नाम पहिलो नम्बरमा आईरहेको माओबादी स्रोतले जनाएको छ । उनको बिकल्पमा जनमूक्ती सेनाका पूर्ब कमाण्डर मिन बहादुर घर्ती र पाथसिँह कलेलको नाम पनि रहेको माओबादी स्रोतले जनायो ।

यस्तै बोगटान गाउँपालिकाको अध्यक्षमा तीनजना केन्द्रिय सम्मेलन आयोजक समिति सदस्यको नाम चर्चामा छ।

जसमा कमल गडसिला ‘एनान’को नाम सबैभन्दा बढी चर्चामा छ । उनी बाहेक अन्य केन्द्रिय सम्मेलन आयोजक समितिका सदस्यहरु प्रेम बहादुर कुँबर‘प्रख्यात’ र सिद्धराज बिकको नाम पनि चर्चामा रहेको माओबादी स्रोत बताउछ ।

जोरायल गाउँपालिकामा केन्द्रिय सम्मेलन आयोजक समितिका सदस्य नै रहेका छवी ओलीको सबैभन्दा बढी सम्भावना रहेको माओबादी स्रोत बताउछ । यसबाहेक उनको बिकल्पमा जोरायल गाउँपालिकाका संयोजक जगत सोबको नाम पनि चर्चामा छ ।

केआईसिँह गाउँपालिकामा सुर्य भूलको नाम बढी चर्चामा छ । उनी जिल्ला स्तरमा राजनिति गर्ने नेता मानिन्छन् । यस्तै सोही गाउँपालिकाको ईन्चार्ज रहेका दिलिप कठायतको नाम पनि सम्भावित उम्मेदबारकै चर्चामा रहेको माओबादी स्रोत बताउछ ।

यस्तै शिखर नगरपालिकाको प्रमूखमा केन्द्रिय सम्मेलन आयोजक समिति सदस्य रहेका नर बहादुर बलायरको नाम चर्चामा छ । उनीबाहेक माधब रोस्याराको नाम पनि जबदस्त रुपमा माओबादी बृत्तमा चर्चामा छ । उनको सम्बन्ध प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाश दाहालसंग राम्रो भएकाले टिकट पाउने सम्भावना बढी रहेको स्रोत बताउछ ।

उनीहरु बाहेक नगरपालिका ईन्चार्ज रमेश जोश ि‘शैपाल’ र माओबादी समर्थित पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष रहेका लोकेश शिरिष अधिकारीको नाम पनि चर्चामा नै छ ।

यस्तै सायल गाउँपालिकाको अध्यक्षको उम्मेदबारमा जिल्ला सचिवालय सदस्य समेत रहेका गाउँपालिका ईन्चार्ज तेज बहादुर डुम्रेलको नाम चर्चामा छ । सम्भवतः उनको टिकट पक्कापक्की नै रहेको माओबादी स्रोत बताउछ ।

दिपायल सिलगढी नगरपालिकामा नगरपालिकाका संयोजक कृष्ण भट्टको नाम चर्चामा छ । उनी पार्टीको केन्द्रिय सम्मेलन आयोजक समिति सदस्य समेत हुन् । उनको बाहेक जनार्दन जोशीको नाम पनि चर्चामै रहेको माओबादी स्रोत बताउछ ।

पूर्बिचौकी गाउँपालिकामा जिल्ला सचिवालय सदस्य यज्ञ गिरीको नाम चर्चामा छ । उनीबाहेक पूर्बिचौकी गाउँपालिकाका ईन्चार्ज हरिष कुँबरको नाम पनि चर्चामा नै रहेको माओबादी स्रोत बताउछ ।

आदर्श गाउँपालिकामा जिल्ला सचिवालय सदस्य तपेन्द्र बोहरा ‘गौरव’को नाम सम्भावित उम्मेदबारको सूचीमा सबैभन्दा अगाडी रहेको माओबादी स्रोत बताउछ । उनीबाहेक योगेश खड्काको नाम पनि चर्चामा नै रहेको छ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...