बडिकेदारमा एकिकृत घुम्ती सेवा शिविर सञ्चालन हुने

37

चक्र मल्ल
डोटी ३१ बैशाख
बडिकेदार गाउँपालिकामा एकिकृत घुम्ती सेवा शिविर सञ्चालन हुने भएको छ । गाउँपालिकाको कार्यालय खड्यौलीबाट जेठ १ गते देखि संचालन हुने उक्त शिविरको जिल्ला प्रशासन कार्यलय डोटी र बडिकेदार गाउँपालिकाले संयुक्त रुपमा आयोजना गरेको हो ।


शिविरमा नेपाली नागरिकताको प्रमाण पत्र बितरण गर्नुका साथै फोटो सहितको मतदाता नामाबली तथा शिक्षा, स्वास्थ्य , कृषि , पशु लागयतको क्षेत्रमा पनि प्रशिक्षण गरीने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक पाण्डेले बताए ।
तिन दिन सम्म शिविर सञ्चालन गर्न साहयक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा शिविर टोली बडिकेदार पुगेको छ ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...